समाचार प्रभाव: बेसहारा बच्चाले राहत पाए



नेपाल समाचारपत्र, रुकुम । बुवा, आमा गुमाएर ३ जना बिचल्लीमा परेका वालवालिकालाई नागरिक समाजका अगुवा तथा समाजसेवी डाक्टर सुन्दरमणी दिक्षितले एक लाख पचास हजार सहयोग गर्नुभएको छ । गत फाल्गुन ३ गतेको नेपाल समाचार पत्रमा बाबु आमाको मृत्युपछि बच्चाहरुको बिचल्ली शिर्षकको समाचार प्रकाशन भएपछि सहारा बिहिन ति बच्चाहरुले राहत पाएका छन् ।

रुकुमको सानीभेरी गाँउपालिका ११ का ३ वालक अभिभावक बिहिन भएपछि उनीहरुको अवस्थाबारे नेपाल समाचार पत्रका रुकुम संवाददाता धनवीर दाहालले स्थलगत रिपोर्टिंग गरी समाचार प्रकाशन गर्नुभएपछि शाही समाज सेवा निधि पाटन ढोकाका अध्यक्ष एवं नागरिक समाजका अगुवा समाज सेवी डक्टर सुन्दरमणी दिक्षितले एक लाख पचार हजार र सोही संस्थाका सदस्य सचिव रेवादेवी दिक्षितले १२००० रकम राहत स्वरुप प्रदान गर्नुभएको छ । २०७१ सालमा झाडापखालाबाट धर्मे खड्काको र गत बैसाख २० गते उनकी कि श्रीमति मगी खड्काको स्तन क्यान्सरबाट ज्यान गएपछि उनका ३ छोराको बिचल्ली परेका छन् । साविकको अर्मा गाबिस वडा नं ७ का उनीहरु आफन्तको घरमा बस्दै आएका छन् ।

१३ बर्षका बलबहादुर खड्का,९ बर्षका गोपाल खड्का र ६ बर्षका धनबहादुर खड्कालाई दिक्षितबाट ति बच्चाहरुको नेपाल बैंक लिमिटेडमा बालबचत खाता संचालन गरी सोही खातामा जम्मा गरेको भौचर जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले हस्तान्तरण गर्नुभएको हो ।

सो भौचर रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बालकल्याण समितीका संयोजक बंशीकुमार आचार्यले बिचल्लीमा परेका वालवालिकालाई सहयोग गर्ने डक्टर सुन्दरमणी दिक्षित र उनीहरुको अवस्थाबारे रिपोर्टिंग गर्ने पत्रकार धनवीर दाहाललाई धन्यवाद प्रकट गर्नुभयो ।

सो कार्यक्रममा जिल्ला वालअधिकार अधिकृत मानविर ओली, पत्रकार धनवीर दाहाल, सानीभेरी गाँउपालिकाका सामाजिक परिचालक कमल डाँगी लगाएतको उपस्थिती रहेको थियो । जिल्ला वालकल्याण समितीको तर्फबाट पनि रु १० हजार उनीहरुलाई यसअघि नै प्रदान गरिएको वालअधिकार अधिकृत मानविर ओलीले बताउनुभयो ।

उनीहरुलाई राहत स्वरुप प्रदान गरिएको १ लाख पचास हजार मुद्धतीखातामा राखिएको छ भने १२ हजार तत्काल शैक्षिक सामाग्री, लत्ताकपडा किन्नका लागी खर्च स्वरुप पठाइएको थियो । रकम पाएपछि ति बालवालिका खुसी भएका छन् । आफुहरुलाई पढ्न साह्रै मन लाग्ने गरेको तर बिद्यालय जानका लागी कपडा र कापाी कलम किन्ने पैंसा नभएर जान नसकेको वालक बलबहादुरले बताउनुभयो । अव यो पैंसाबाट आउने त्रैमासिक व्याजबाट कापीकलम र कपडा किन्न सकिने उनीहरुले आसा गरेका छन् ।

सानीभेरी गाँउपालिकामा कार्यरत सामाजिक परिचालक कमल डाँगीले यि बच्चाहरुको सहयोगका लागी सबैसँग अनुरोध गर्दै आउनुभएको थियो । उहाँले डक्टर दिक्षितप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्