एमाले–माओवादीका दुबै कार्यदलको बैठक बालुवाटारमा जारी



नेपाल समाचारपत्र, काठमाडौं ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकिकरणका लागि गठित संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन लेखन दुबै कार्यदलको बैठक बालुवाटारमा जारी छ ।

पार्टी एकताको आधार पत्रमा हस्ताक्षर गरेकै दिन ७ फागुनमा एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले बैचारिक दस्तावेज निर्माण र संगठनात्मक स्वरुप एबं विधान निर्माण सम्बन्धी कार्यदलको गठन गरेका थिए।

कार्यदल गठन भएपछि दुबै कार्यदललाई पार्टी एक्कीकरणमा बाँकी रहेका काम छिटो सक्ने गरी निर्देशन दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रुपमा कार्यदलको बैठक बोलाएका हुन्।

संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन् । नेकपा माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् । संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउने छ ।

यस्तै पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् ।यस कार्यदलले एकीकृत पार्टीको अन्तरिम विधानको तय गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्