गृहयुद्ध भन्दा खतरनाक सडक सवारी दुर्घटना



बार्षिक ४० अर्ब भन्दा बढी सवारी दुर्घटनामा खर्च

यमलाल भुसाल, बुटवल ।

झट्ट सुन्दा कतिपयलाई बिश्वास नलाग्न सक्छ हरेक बर्ष नेपालमा सवारी दुर्घटनाका कारण झण्डै २ हजार जनाको मृत्यू हुने गरेको छ ।

हरेक दिनजसो हुने बिभिन्न सडक दुर्घटनामा परि बर्षेनी करिब २० हजार घाईतेहरु अपाङ्ग भएर बाँच्न बाध्य हुन्छन भने बार्षिक ४० अर्ब रुपैयाँ दुर्घटना बापद बिभिन्न क्षेत्रमा खर्च हुने गरेकोछ ।

१० बर्षे जनयुद्धमा भन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या अधिक हुने गरेको भएपनि कसैको पनि यसको न्यूनिकरणमा प्रयाप्त ध्यान पुगेको छैन ।

यसैबिच सवारी दुर्घटना न्यूनिकरणमा सरोकारवालाको भुमिका के हुन सक्छ भन्ने बिषयमा अन्तरक्रिया, छलफल र निष्कर्ष सहित बिशेष सचेतना अभियाननै संचालन गर्नुपर्ने कुरामा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन ।

सुरक्षित यात्रा नेपालद्वारा हालै बुटवलमा आयोजित सुरक्षित यात्रा सचेतना पुस्तिका बिमोचन तथा सवारी दुर्घटना न्यूनिकरणमा सरोकारवालाको भुमिका बिषयक कार्यक्रममा बोल्ने बक्ताहरुले सबै गम्भिर भएर सचेतना अभियानमा नलागेसम्म दुर्घटना न्यूनिकरण संभव नहुने तर्क गरेका छन ।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पुर्वमन्त्री वालकृष्ण खांणले सवारी दुर्घटनाको क्षती य्ुद्धको भन्दा पनि वढि भएकोले यसको न्यूनिकरणका लागि सामुहिक पहल आवश्यक भएको बताउनु भएको छ । नेता खाँणले पहिलो तथा दोस्रो विश्वयुद्धमा भन्दा दैनिक वढि मानविय तथा अन्य क्षती भैरहेको भन्दै यसको न्यूनिकरणका लागि राज्यले तत्काल ध्यान पुर्याउनु पर्ने कुरामा जोड दिनु भएको छ ।

संसद वैठक शुरु भएपछि यो विषयलाई आफुले सार्वजनिक महत्वको प्रस्तावका रुपमा दर्ता गराउने र सबैको ध्यानाकषर्ण गर्ने भन्दै यसबाट कोहि पनि पन्छिन नमिल्ने पनि बताउनु भयो ।

नेता खांणले बार्षिक रुपमा दुई हजार जना मानिसको मृत्यु हजार्रौ अंगभङ्ग र अरवौ क्षति हुने भएकोले यसको न्यूनिकरणको विकल्प नभएको धारण राखेका हुन । नेता खाँणले दुर्घटनाका कारणले वार्षिक ४० अरव आर्थिक क्षती हुने भन्दै उक्त रकमले गौतम बुद्ध विमानस्थल जस्ता चारवटा विमानस्थल निमार्ण हुने पनि बताउनु भएको थियो ।

खाँणले स्थानिय प्रदेश तथा केन्द्र सरकारले पनि आम नागरिकहरुलाई सहभागि बनाएर यसलाई अभियानकै रुपमा अधि बढाउनु पर्ने बतउनु भयो ।

दुर्घटनाको ७० प्रतिशत कारण चालक भएको निष्किर्ष ट्राफिक प्रहरीको रिर्पोटले देखाएको छ ।

सार्वजनिक तथा निजि सवारी साधन चलाउने सबै चालकले सम्बेदनशिल हुनु पर्ने नेता खांणको भनाई रहेको छ । कार्यक्रममा प्रदेश सभासद वलदेश शर्मा पोख्रेल, नेपाल राष्ट्रिय ट्रक ट्याङकर व्यवसायी महासघका अध्यक्ष अर्जुन रानाभाट, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दघिराम खरेल, यातायात मजदुर व्यवसायी भलाई कोषका अध्यक्ष नारायाण भट्टराई, सल्लाहकार लोकराज पोख्रेल, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद वेल्वासे लगायतले बोल्दै दुर्घटना हुनुमा विभिन्न कारण भएको भन्र्दै सबै पक्ष मिलेर अघि बढेमात्र दुर्घटना कम गर्न सकिने बताएका थिए ।

पश्चिमाञ्चल क्षेत्रिय टा«फिक प्रहरी कार्यालय बुटवलका प्रमख कृष्णहरी शर्माले दुर्घटना न्यूनिकरणका लागि हरेक नागरिक जिम्मेबार भएर लाग्नु पर्ने भन्दै सबै पक्षको सहकार्यमा न्यूनिकरण गर्न सकिने बताउनु भयो । पुस्तकका प्रधान सम्पादक महेन्द्र पाण्डे, समिक्षक दल वहादुर गुरुङ्ग, संस्थाका महासचिव प्रकाश नेपाल लगायतले सवारी दुर्घटनाको अवस्था विकराल भएको धारण राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्