बाफ्टा अवार्डमा, थ्री बिल्बोर्डस आउटसाइड एबिङ मिसौरीलाई ५ अवार्ड

0
Shares

हलिउडको ३१औं बाफ्टा अवार्ड समारोह सोमबार लन्डनको रोयल अल्बर्ट हलमा सम्पन्न भएको छ। अवार्ड समारोहमा ९ विधाको नोमिनेसनमा परेको हलिउड फिल्म थ्री बिल्बोर्डस आउटसाइड एबिङ मिसौरीले उत्कृष्ट फिल्मसहित सबैभन्दा बढी कुल ५ अवार्डलाई आफ्नो बनाएको छ।


यस फिल्मबाट फ्रान्सिस म्याकडोरमन्ड सर्वोत्कृष्ट अभिनेतृ र सम रकवेल सहअभिनेता सावित भएका छन् भने ओरिजिनल स्क्रिनप्ले तथा आउट स्ट्यान्डिङ ब्रिटिस फिल्मको विजेता पनि बनेको छ।

अर्को चर्चित फिल्म द सेप हफ वाटरले निर्देशकसहित ३ अवार्ड जितेको छ। १२ विधाको मनोनयनमा परेको यस फिल्मबाट गलर्मो देल तोरो सर्वोत्कृष्ट निर्देशक अलेक्जेन्डर डेसप्लेटले ओरिजिनल म्युजिकको अवार्ड पाएका छन् भने प्रोडक्सन डिजाइनको अवार्ड पनि यही फिल्मले लगेको छ।

फिल्म डार्केस्ट आवरबाट गेरी ओल्डम्यान सर्वोत्कृष्ट अभिनेता सावित भएका छन् भने एलिसन जेनी फिल्म आई टोनयाबाट सहअभिनेतृ सावित भएकी छन्। त्यस्तै छायांकनको अवार्ड फिल्म ब्लेड रनर २०४९ ले, एनिमेटेड फिल्मको कोकोले, सम्पादन बेबी ड्राइभरले, डकुमेन्ट्री आई एम नट योर निग्रोले, ब्रिटिस सर्ट फिल्म काउ ब्वाइले, ब्रिटिस सर्ट एनिमेसन पोल्स आर्टले, एडप्टेड स्त्रिनप्ले कल मि बाई योर नेमले कस्टुयुम डिजाइन फ्याटम थ्रेड तथा ध्वनिको अवार्ड फिल्म डंर्किङले जितेको छ।