भाषा, संस्कृति, र परम्परा जर्गेना गर्न सञ्चारमाध्यमको प्रभावकारी भूमिकाको खाँचोः संस्कृतिविद् जोशी

0
Shares

नेपाल समाचारपत्र, ललितपुर ।
वाङ्गमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले लापोन्मुख संस्कृति, भाषा र परम्परा जर्गेना गर्न सञ्चारमाध्यमको प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गरेको मिडिया फेस्टिभलको समापन समारोहमा बोल्दै उहाँले सो कुरामा जोड दिनुभएको हो । गत पुस २२ गते शनिबार आयोजित मिडिया फेस्टिभलमा सहयोग पु¥याउने विभिन्न संघसस्था र व्यक्तिहरुलाई कदर पत्र प्रदान गर्न जोशीको निवास बखुम्बहालमा सो समारोह आयोजना गरिएको थियो ।

सो अवसरमा वरिष्ठ संस्कृतिविद् जोशीले नेपालका विविध भाषा, भाषी, जातजातिका संस्कृति, मौलिक परम्परा नेपालको मुख्य सम्पति रहेको बताउँदै त्यसको जर्गेना, सम्बद्र्धन र संरक्षण गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नुभयो ।

समावेशी सञ्चारको अर्थ, महत्व बोध गराउन फेस्टिभल सशक्त माध्यम बनेको पनि उहाँको भनाई रहेको छ । नेपाल विविध जातजाति र भाषाभाषीको देश रहेकोले सबैप्रति सद्भाव, न्याय र समानताको अनुभूति दिलाउन पत्रकारिता क्षेत्र समावेशी बन्नुपर्ने पनि खाँचो पनि उहाँले औल्याउँनुभयो ।

सो अवसरमा पत्रकार दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले प्रेस स्वतन्त्रतालाई अकुण्ठित र उच्चत्तम अभ्यासका लागि पत्रकारिता क्षेत्र समावेशी हुनुपर्ने सन्देश प्रवाह गर्न गरिएको मिडिया फेस्टिभल सबैको साथ, सहयोग रहेको सराहना गर्नुभयो । सो अवसरमा मिडिया फेस्टिभल का संयोजक सुरेन्द्रभक्त श्रेष्ठ, सह संयोजक राजेश बज्राचार्य लगायतले समावेशी सञ्चारको महत्वलाई लिएर आ आफ्नो धारणा राख्नुभएको थियो ।

यस अघि समारोहमा मिडिया फेस्टिभल सफल पार्न आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने सबैलाई वरिष्ठ संस्कृतिविद् जोशीले कदरपत्र, पत्रकार दबूका सल्लाहकार एवं वरिष्ठ चलचित्र पत्रकार विजयरत्न असबरेले मायाको चिनो र पत्रकार दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले खादा ओढाई सम्मान गर्नुभएको थियो ।