प्रधानमन्त्री ओलीलाई बधाई दिनेको ओईरो

0
Shares

भक्तपुर, (नेस) । नव नियुक्त प्रधानमन्त्री के.पी. शर्मा ओली निवास बालकोटमा उहाँलाई बधाई दिनेको ओईरो लागेको छ ।
विहानदेखि नै उहाँको निवासमा बधाई दिन नेता र कार्यकर्ता,पत्रकार, बिभिन्न संघसंगठनका प्रतिनिधी, उद्योगी, व्यापारीको ओईरो लागेको छ ।

यस अघि प्रधानमन्त्री भए पछि हिजो राती सपथ ग्रहण गरी अबेर बालकोट स्थित आफ्नै निवास पुग्नु भएका ओलीलाई स्थानीयले धिमे बाजा सहित भव्य स्वागत गर्दै बालकोट चोकबाट निवास पुर्याएका थिए ।

ओलीलाई बधाई दिन एमालेका नेताहरु, सरकारी कार्यालयका विशिष्ट कर्मचारीहरु, सुरक्षा निकायका उच्च पदस्थ अधिकृतहरुको समेत राती बालकोटमा बाक्लो उपस्थिति रहेको थियो ।
प्रम ओलीलाई बालकोटका बासिन्दादेखि एमालेका नेता कार्यकर्ता र परिवारका आफन्तले भव्य स्वागत
गर्नुका साथै नाचगान गरेको थिए ।

प्रधानमन्त्री ओलीलाई बधाई दिनेको अहिले बालकोटमा बाक्लो आगमन भईरहेको छ ।