१ नम्बर प्रदेशमा पाँच सदस्यीय मन्त्रिपरिषद विस्तार, को को बने मन्त्री ?



हिक्मतलाई गृह ,इन्द्रलाई अर्थ ,जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मा

नेपाल समाचारपत्र, विराटनगर ।

प्रदेश नम्बर एकमा पाँच सदस्यीय मन्त्रिपरिषद विस्तार भएको छ ।

मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले एमालेका हिक्मत कार्कीलाई गृहको जिम्मा दिएका छन भने, माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अर्थको जिम्मा दिएका छन् । यस्तै एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मा दिएका छन् ।

मुख्य मन्त्री र चार जना मन्त्रीहरुलाई प्रदेश नम्बर एकका प्रदेश प्रमुख गोविन्द सुब्बाले सपथ गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्