प्रदेश पाँचको मन्त्रिपरिषदः कुलप्रसादलाई गृह र बैजनाथलाई पूर्वाधार



नेपाल समाचारपत्र, बुटबल
प्रदेश पाँचमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारीसमा प्रदेश प्रमुख उमाकान्त झाले दुई मन्त्री नियुक्त गरेका हुन् ।

माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले गृहको जिम्मा पाएका छन् भने एमालेका बैजनाथ चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् ।

केसी र चौधरीले प्रदेश प्रमुख झासमक्ष पद तथा गोपनीयताको सपथ लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्