क्यानेडाद्धारा नेपाललाई १९५ रनको लक्ष्य प्रस्तुत

0
Shares

काठमाडौँ ।
नामिबियामा जारी आर्इसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानेडाले नेपाललाई १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर १९४ रन बनाएको हो। उसका लागि ओपनर ब्याट्मेन विजयरत्नेले नटआउट १०३ रनको पारी खेले। १५२ बलको सामना गरेका उनले ८ चौका प्रहार गरे। साथै हमजा तारिकले २४ तथा जाफरले १० रन बनाउनु बाहेक अन्यले खुलेर खेल्न सकेनन्।

नेपालका लागि बसन्त रेग्मीले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिए। करण केसी र सरद भेषवाकरले पनि समान १–१ विकेट लिए।
साथै नेपाल केहिबेरमा जवाफी ब्याटिङमा उत्रिनेछ ।