नेपाललाई चौथो सफलता, रेग्मीले लिए अर्को विकेट

0
Shares

काठमाडौँ । नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडा विरुद्ध चौथो सफलता हात पारेको छ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिएका छन्।

टस हारेर पहिले ब्याटिङ गरिरहेको क्यानडाका लागि ओपनर विजयरत्ने र हमाज तारिक ब्याटिङ गरिरहेका छन्। क्यानडाले २८ ओभरमा ४ विकेटको क्षतिमा ९३ रन जोडेको छ।