एनसेलको टावरमा बम, सेनाले गर्यो डिस्पोज



सुडालमा रहेको एनसेलको टावरमा पनि बिस्फोट

 

पुष्कर बुढाथोकी,भक्तपुर ।

भक्तपुरको सल्लाघारी स्थित एक गार्मेन्ट उद्योगको छतमा रहेको एनसेल कार्यालयमा भेटिएको प्रेसर कुकर बम डिस्पोज गरिएको छ । एनसेल टावर रहेको ठाउँमा शंकास्पद बस्तु भेटिए पछि आएको नेपाली सेनाको बम डिस्फोजल टोलीले दुईघण्टाको प्रयास पछि बम डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ ।

कार्यालयमा शंकास्पद बस्तु रहेको जानकारी पाएपछि प्रहरीले नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो । बोरा भित्र राखेको अबस्थामा सेनाको टोलीले प्रेसर कुकर बम भेटेको हो । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले अज्ञात समूहले सर्वसाधारणलाई आतंकित पार्ने गरि प्रेसर कुकरमा केही बिस्फोटक पदार्थ राखेको भन्ने खबर प्राप्त भएपछि सेनाको टोलीलाई खबर गरेको जानकारी दिनुभयो ।

सेनाको टोलीले बम निस्क्रिय पारेको जानकारी दिदै उहाँले घट्नाबारे अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । चारै तर्फ सुरक्षा पर्खाल र मुख्य गेटमा सुरक्षागार्ड तैथान रहने एनसेलको कार्यालयमा बम फेला परेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १ सिर्जनानगर रहेको उक्त कार्यलयमा बुधबार बिहान भेटिएको हो ।

कार्यालयमा शंकास्पद वस्तु भेटिएपछि कार्यलयका सुरक्षागार्ड र कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । उक्त प्रेसर कुकर बमलाई नेपाली सेना टोलीले डिस्पोज गरेको थियो ।पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एनसेलका टावर तथा कार्यलयमा आक्रमण गर्दै आएका छन् ।सेनाको टोलीले बोरामा प्याक गरिएको प्रेसरकुकर बरामद गरेको छ ।

बम भेटिएको हल्ला फैलिएपछि प्रहरीले नजिकै रहेको अरनिको राजमार्गमा सवारी आवगमन बन्द गरेको थियो । २४ घण्टा सुरक्षागार्ड हुने भवनको माथिल्लो तलमा बम भेटिएपछि यस बारेमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । दुई सुरक्षा गार्ड रहेको सो भवनको छतमा कसरी बम राखियो भन्ने विषयमा अनुसन्धान अगाडि बढाईएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरि मंगलबार राती चाँगुनारायण नगरपालिका सुडालमा रहेको एनसेलको टावरमा पनि बिस्फोट गराएको थियो । अज्ञात समूहले राती करिब १० बजे गराएको बिस्फोटबाट ऐनसेल टावरको ब्याट्री लगायतका केही सामाग्रीमा क्षति पुगेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रसाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्