किन बोलाए ओलीले एमालेको आकस्मिक बैठक ?



काठमाडौं । माओवादीसँग पार्टी एकताको निर्णयलाई अन्तिम रुप दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी कमिटी बैठक आवहन गरेका छन् ।

पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि स्थायी कमिटीमा छलफल गर्न नेताहरुलाई बोलाइएको बताइएको छ । बैठकमा सहभागी हुन नेताहरु मानभवनतिर लागेका छन् ।

मानभवनस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्न लाग्उिको उक्त बैठकका लागि नेताहरुलाई बोलाइएको स्रोतले जनाएको छ ।

बैठकमा पार्टी एकताबारे नै केद्रित रहेने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्