रेग्मीले दिलाए नेपाललाइ पहिलो सफलता



काठमाडौँ ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा अहिले नेपालले क्यानडासँग प्रतिस्पर्धा गरिरहेको छ । नामिबियामा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडा ब्याटिङमा उत्रिएको छ ।

ब्याटिङ लाइनअप बलियो रहेको क्यानडाले १० ओभरमा एक विकेट गुमाएको छ । नेपाललाई बसन्त रेग्मीले पहिलो सफलता दिलाएका हुन ।
हालसम्म १३ ओभरको खेल सकिँदा क्यानेडाले ५७ रन जोड्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्