क्यानाडाविरुद्ध नेपालः टस जितेर फिल्डिङ गर्दै नेपाल



काठमाडौं । विश्व क्रिकेट लिग डिभिजनमा क्यानाडाविरुद्धको खेलमा नेपालले टस जितेर क्यानेडालाई ब्याटिङको निम्तो दिएको छ । विश्वकप छनोटका लागि आज दुवै टिमलाई जित्नै पर्ने दवाव देखिएको छ । जित हासिल गर्ने टोलीले जिम्बाबेमा अर्को महिना हुने विश्वकप छनोट खेल्न पाउनेछ । तर हार्ने टिमले भने यो अवसर गुमाउने संकेत देखिएको छ ।

अंक तालिकामा शीर्ष स्थानमा रहेको क्यानाडाविरुद्ध जित निकाल्न नेपाललाई चुनौती देखिएको छ भने भारत, पाकिस्तान र श्रीलंकाका खेलाडीहरुले भरिएको क्यानेडाको ब्याटिङ शशक्त देखिएको छ भने नेपालको बलिङ पक्ष अलिक बलियो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्