चट्याङ लागेर २२ जना सैनिक घाइते



विनोद सिंह विष्ट, बैतडी ।
चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।मंगलवार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तर्गत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती,सेनानी सुदिप बानियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“घाइते मध्ये ५ जनाको अवस्था गम्भीर छ”

गम्भीर घाइते भएका अमरसिंह आलेमगर,बलराम थापामगर, दिनेशराज भट्ट,धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाण्डौं पठाउने तयारी भएको सेनानी बानियाले जानकारी दिनुभयो ।

बानियाका अनुसार ‘तालिममा रहेका सेनाका जवानहरु एक्कासी चट्याङ लागेर घाइते भएका छन् । समान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भईरहेको छ । गम्भीर घाईते पाँच जनालाई उपचारका लागि काठमाण्डौं पठाउने तयारी गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्