गरिब मुलुकमा नसर्ने रोग स्वास्थ्य चुनौती: मधुमेह के हो र यो लाग्नै नदिन के गर्ने ?

0
Shares

साधारणतया ३० वर्ष नाघेका वयश्क व्यक्तिहरूमा हुने भए तापनि परिवर्तित जीवनशैली, अस्वस्थकर भोजन, शारीरिकरूपले निस्क्रियता, मद्यपान, मानसिक तनाव जस्ता कारणले गर्दा कम उमेरका व्यक्तिहरूमा पनि यो मधुमेह हुने गरेको पाइन्छ।
 डा. जया प्रधान
विशेष गरी दक्षिण एसियाली मुलुकमा खानपान, रहनसहन, शारीरिक व्यायाम जस्ता कुरामा ध्यान नदिएकै कारण निकै डरलाग्दो किसिमले बढेको नसर्ने रोग अन्य रोगको दाँजोमा उच्च रहेको छ। नेपालमा त स्वास्थ्य मन्त्रालयले गरेको एक सर्वेअनुसार नसर्ने रोग ६२ प्रतिशत पुग्नु अझ डर लाग्दो स्थिति हो। यसमा पनि डाइविटिज (मधुमेह) को चाप निकै उच्च रहेको छ। मधुमेह उमेर समूहमा मात्र नभई बच्चा, युवा, वृद्ध सबैमा देखापर्नुले स्वास्थ्य क्षेत्रमा निकै ठूलो चुनौतीको विषय बनेको छ।
डाइविटिज नेपालले विगत १० वर्षदेखि नेपालका विभिन्न क्षेत्रमा जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ। खानपान, रहनसहन र शारीरिक व्यायाममा ध्यान दिन सके मधुमेहलाई नियन्त्रण गर्न सकिने भएकाले यस संस्थाले विशेष गरेर त्यसतर्फ ध्यान दिँदै आएको छ। सकेसम्म मधुमेहलाई लाग्नै नदिने र लागिहालेमा डाक्टर एवं डाइटिसियनको सल्लाहअनुसार जानकारी गराउँदै आएको छ। त्यसैले डाइविटिज नेपालले मधुमेहसँग सम्बन्धित डाक्टर, डाइटिसियन, नर्स स्तरका विशेषज्ञबाट तालिम प्रदान गर्दै आएको छ।
विगतमा जस्तै यस वर्ष पनि यही माघ २६ गतेदेखि फागुन ५ गतेसम्म रोकथामका लागि अन्तर्राष्ट्रिय विशेषज्ञ चिकित्सक तथा नर्सबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन शुरु गरेको छ।

 मधुमेहको बढी सम्भावना हुने

-परिवारका सदस्यमा मधुमेह भएको अवस्थामा
-शरीरको तौल बढी भएमा वा बीएमआई (शरीरको तौल केजी वा उचाइ मिटर) २२ दशमल्भ ९ प्रतिशतभन्दा
-बढी भएमा
-कम्मरको गोलाईः पुरुषको ९० सेमि र महिलाको ८० सेमिभन्दा बढी भएमा
-निस्क्रिय जीवनशैली एवं शारीरिक व्यायाममा
-कमी भएमा,
-गर्भवती अवस्थामा मधुमेह भएमा
-रगतमा चिल्लोको मात्रा बढी भएमा
-उच्च रक्तचाप भएमा
-मानसिक तनाव एवं
-चिन्ता भएमा
-बढ्दो उमेरका व्यक्तिहरूमा, साधारणतया ३० वर्ष नाघेको अवस्थामा
 -रगतमा चिनीको मात्रा

बढ्नुका कारणहरूः

-शरीरको आवश्यकताभन्दा बढी शक्ति अथवा क्यालोरी खानाबाट प्राप्त गर्नाले
-रिस, चिन्ता, डर, तनाव, निन्द्रामा व्यवधान जस्ता मानसिक तनावका कारणले गर्दा
-आवश्यक मात्रामा मधुमेहसम्बन्धी औषधि सेवन नगरेमा र उचित मात्रामा शारीरिक व्यायाम नगर्नाले

 मधुमेहले निम्त्याउन सक्ने स्वास्थ्य समस्या

-मस्तिष्कघात
-हृदयघात
-अन्धोपन
-स्नायुसम्बन्धी समस्याहरू
-मिर्गौलासम्बन्धी समस्या
 मधुमेह नियन्त्रण एवं  व्यवस्थापन गर्ने उपाय
-सन्तुलित एवं स्वस्थकर भोजन
-नियमित व्यायाम
-औषधि र इन्सुलिनको प्रयोग
-मधुमेह शिक्षा

मधुमेह पीडितले खानपिनमा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू

१) खानाबाट प्राप्त हुने पौष्टिक तत्त्वहरू–कार्बोहाइडे«ट, प्रोटिन र चिल्लो शक्तिको स्रोत भएको हुनाले यसको प्रकार र परिमाणमा ध्यान दिन जरी हुन्छ
क) कार्बोहाइडे«ट, जटिल प्रकारको कार्बोहाइडे«टयुक्त खाद्यपदार्थ, पूरै अन्न र यसबाट बनेको परिकार, साग–तरकारी (माडयुक्त तरकारीबाहेक) ताजा फलफूल, दाल गेडागुडी ठीक परिमाणमा दैनिक भोजनमा समावेश गर्नुपर्दछ।
ख) प्रोटिनपूर्ण, प्रोटिनयुक्त जनावरीय स्रोतबाट प्राप्त खाद्यपदार्थ जस्तै बोसो तथा छालारहित मासु, माछा, अण्डा, चिल्लोरहित दूध तथा वनस्पती स्रोतबाट प्राप्त दाल, गेडागुडी आदि ठीक मात्रामा समावेश गर्नुपर्दछ।
ग) तृप्त फ्याटी एसिडयुक्त चिल्लो पदार्थभन्दा अतृप्त चिल्लो पदार्थ जुन साधारण कोठाको तापक्रममा तरल अवस्थामा रहन्छ सोको प्रयोग ठीक मात्रामा गर्नुपर्दछ, वनस्पती तेल।
घ) उमेर र शारीरिक क्रियाकलाप तोकिएको क्यालोरीको परिमाणअनुसार प्राप्त हुने किसिमले भोजनको व्यवस्था गर्नुपर्दछ।
 
२) दैनिक भोजनबाट प्राप्त हुने सबै प्रकारका पौष्टिक तत्त्वहरू कार्बोहाइडे«ट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन र खनिज पदार्थ ठीक परिमाण प्राप्त हुने गरी सन्तुलित भोजनको व्यवस्था गर्नुपर्दछ।
 
३) विशेष वा बेग्लै प्रकारको खाना खानुपर्छ भन्ने धारणालाई अवलम्बन गर्नुभन्दा डाइटिसियनसँग उचित परामश लिई परिवारले खाने खानामा फेरबदल गरी सन्तुलित भोजन खानुपर्दछ।
 
४) दैनिक नियमित तथा हरेक पटकको छाक नछोडी नियमितरूपमा ठीक समयमा खानुपर्छ, भोकै बस्नुहुँदैन।
 
५) दुई खानाबीचको दूरी ४ देखि ६ घण्टाभन्दा बढी भएमा त्यस समयको बीचमा स्वस्थकर पोषिलो खाजा अर्थात् स्न्याक्स ठीक परिमाणमा खानुपर्दछ।
 
६) मधुमेह भएका व्यक्तिले नियमित तथा पटक–पटक गरी खानुपर्दछ तर हरेकपटकको खानामा खानाको प्रकारबाहेक परिमाणमा विशेष ध्यान दिनुपर्दछ, अन्यथा बढी खानाले स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुन्छ।

७) गुलियो खाद्यपदार्थ, केक, पेस्ट्री, जाम, जेली, चकलेट जुस आदि कार्बोहाइडे«टका साधारण स्वरूप भएको हुनाले खानामा परहेज गर्दा बेस हुन्छ। (यस प्रकारको कार्बोहाइडे«ट शरीरभित्र पुग्ना साथ ग्लुकोजमा तुरुन्तै परिणत हुने भएकाले रगतमा चिनीको मात्रा बढाउँछ )
 
८) दैनिक भोजनमा हरियो सागसब्जी तथा मौसमअनुसारको फलफूल सिफारिस गरिएअनुसारको समावेश गर्नुपर्दछ। यी खाद्यपदार्थहरू फाइबरको उत्तम स्रोत भएका हुनाले खानाको परिमाण बढाए तापनि क्यालोरीको मात्रा कम हुने, प्रशस्त खस्रो पदार्थ (फाइबर) प्राप्त गर्नुको साथै भिटामिन तथा खनिज पदार्थ प्राप्त गर्न सकिन्छ। साथै दिसा खलास गर्नमा मद्दत पुर्याउँछ।
 
९) खानामा रेशायुक्त खाद्यपदार्थ समावेश गर्दा सफा शुद्ध पानी पनि प्रशस्त पिउनुपर्छ।
 
१०) पकाउने विधि जस्तै– बफाउने, उसिन्ने, कम तेल प्रयोग गरी पकाउने विधिलाई प्राथमिकता दिनुपर्छ। घ्यू, तेलमा फ्राई गरेको खाद्यपदार्थको उपभोग नगर्दा बेस हुन्छ।
 
११) दूध–दही, क्यालसियम तथा प्रोटिनको राम्रो स्रोत भएको हुनाले दैनिक भोजनमा यसको समावेश अनिवार्य हुन्छ। तर, चिल्लोरहित वा कम चिल्लो दूध प्रयोग गर्दा उपयुक्त हुन्छ।
 
१२) रेस्टुरेन्ट, होटेलमा खाँदा विशेषत कम चिल्लो भएको खाद्य परिकारको छनोटको साथै परिमाणमा पनि ध्यान दिनुपर्ने हुन्छ।
 
१३) औषधि तथा इन्सुलिन लिइरहेको अवस्थामा चिकित्सकबाट प्राप्त सिफारिसअनुसार खानाको तालिका मिलाउनुपर्दछ।
 
१४) नुनको प्रयोगमा पनि सावधानी अपनाउनुपर्छ।
 
१५) धुमपान नगर्ने र मद्यपानमा पनि सतर्कता अपनाउनुपर्छ।

१६) मधुमेह भएका व्यक्ति तथा घर–परिवारमा खाना व्यवस्थापन गर्ने व्यक्तिमा खाद्य विनिमय⁄खाद्य फेरबदल प्रणालीबारे ज्ञान हुन नितान्त आवश्यक हुन्छ। जसले दैनिक भोजनमा विविध खाद्यपदार्थ ठीक परिमाणमा समावेश गर्न मद्दत पुर्याउनुको साथै स्थानीयस्तरमा पाइने कुनै पनि प्रकारका खाद्यपदार्थ समावेश गर्न सक्ष बनाउँछ।
 
१७) सम्बन्धित विशेषज्ञ तथा चिकित्सकको सल्लाह अनुसार उपचार व्यवस्थापन विधि अपनाउनुपर्दछ।
मधुमेहको नियन्त्रण एवं व्यवस्थापनमा कुनै पनि विधि जस्तै– व्यायाम, औषधिको सेवन तथा इन्सुलिनको प्रयोग गरेको अवस्थामा माथि उल्लिखित खानासम्बन्धी कुराहरूलाई मनन गरी अवलम्बन गर्न सकेको खण्डमा एकातिर औषधिको प्रयोगमा न्यूनीकरण गर्न सकिन्छ भने अर्कोतिर मधुमेहबाट हुने अन्य जटिल स्वास्थ्य समस्याबाट बच्न तथा त्यस समस्यालाई कम गर्न सकिन्छ।
(लेखकः डाइविटिज नेपालका कोषाध्यक्ष हुनुहुन्छ)

 के हो मधुमेह ?

मधुमेह साधारणतया नियमित खाने गरेको खाना शरीरभित्र विभिन्न प्रक्रियाबाट चिनी अर्थात् ग्लुकोजमा परिणत हुन्छ। जुन ग्लुकोज प्याङ्क्रियाजबाट निस्कने इन्सुलिन नामक ग्रन्थरसले कोषहरूमा पुर्याउने र यी कोषमा ग्लुकोज शक्तिमा परिणत भई शरीरका विभिन्न कार्य सञ्चालनमा मद्दत पुर्याउँछ। यन्सुलिन आवश्यक मात्रामा उत्पादन नहुनाले वा प्राप्त इन्सुलिनको उपयोग राम्ररी नहुनाले रगतमा ग्लुकोजको मात्रा बढ्ने अवस्थालाई
मधुमेह भनिन्छ।

 मधुमेहबाट  बच्ने उपाय

रगतमा चिनी अर्थात् ग्लुकोजको परिमाण ठीक मात्रा राख्नुपर्छ। (खाली पेटमा ७० देखि १२० मिग्रा अर्थात् डेलि र खाना खाएको २ घण्टापछि १८० मिग्रा अर्थात् डेलिभन्दा कम सकेसम्म १४० र मिग्रा अर्थात् डेलिभन्दा कम राख्नुपर्दछ) उचाइअनुसार शरीरको तौल ठीक मात्रामा राख्नुपर्छ। रक्तचाप (१२०⁄८०) नियन्त्रणमा राख्नुपर्छ। खराब कोलेस्टेरोल १०० मिग्रा⁄डेलिभन्दा कम, राम्रो कोलेस्टेरोल ४५ मिग्रा⁄डेलिभन्दा बढी, कोलेस्टेरोल १८० मिग्रा⁄डेलिभन्दा कम र ट्राइग्लिसिराइडको परिमाण १५० मिग्रा⁄डेलिभन्दा कम गर्नुपर्दछ।

 मधुमेह भएकाले नियमित गर्नुपर्ने जाँच

नियमति जाँच गर्दा मधुमेहबाट हुन सक्ने अन्य स्वास्थ्य समस्याबाट बच्न तथा नियन्त्रण गर्न सकिन्छ। खाली पेटमा र खाना खाएको २ घण्टापछि रगतको जाँच गर्नुपर्छ प्रत्येक ६ महिनामा एचबीएएलसी गर्नुपर्छ। प्रत्येक वर्ष लिपिड प्रोफाइल, मृगौला, कलेजो, थाइराइड, आँखा, मुटुको जाँच गर्नुपर्छ। पिसाबको रुटिन जाँच गर्नुपर्छ।
पहिलो प्रकारको मधुमेह दोस्रो प्रकारको मधुमेह गर्भवती महिलामा हुने मधुमेह न्भकतबतष्यलब िम्ष्बदबतभक
प्याङ्क्रियाजले इन्सुलिन बनाउन नसक्ने हुनाले शुरुबाटै इन्सुलिन लिनुपर्ने हुन्छ। आवश्यक मात्रामा इन्सुलिन नबन्नु वा बनेको इन्सुलिन शरीरले उपयोग गर्न नसक्दा हुन्छ। गर्भ रहेको ३–६ महनापछिहुन सक्छ र प्रायः बच्चा जन्मेपछि फेरि ठीक अवस्थामा आउन सक्छ।

यस प्रकारको मधुमेह विशेष गरी बालबालिकामा हुन्छ। इन्सुलिन लिनुको साथै सन्तुलित भोजन र ठीक परिमाणमा शक्तिको आवश्यकता हुन्छ। साधारणतया ३० वर्ष नाघेका वयश्क व्यक्तिमा हुने भए तापनि परिवर्तित जीवनशैली, अस्वस्थकर भोजन, शारीरिकरूपले निस्क्रियता, मद्यपान, मानसिक तनाव जस्ता कारणले गर्दा कम उमेरका व्यक्तिमा पनि यो मधुमेह हुने गरेको पाइन्छ। यस प्रकारको स्वास्थ्य समस्याबाट बच्न शुरुबाटै अर्थात् गर्भवती हुनुअगाडि नै रगतमा चिनीको मात्रा ठीक राख्नुका साथै शरीरको तौल ठीक राख्न जरुरी हुन्छ।
माथि उल्लेखित मधुमेह बाहे सेकेण्डरी डाइविटिज जुन विविध कारणले हुन सक्दछन् जस्तैः हर्मोनको कार्यमा गडबडी हुनाले, औषधिका कारण, प्याङक्रिया ग्रन्थीमा संक्रमण। ९० देखि ९५ प्रतिशतमा दोस्रो प्रकारको मधुमेह भएको तथ्यांकले जनाएको छ।