ग्रामीण विकासलाई कोरियाले १ अर्ब २ करोड दिने

0
Shares

काठमाडौं । कोरिया सरकारले एकीकृत ग्रामीण विकासका लागि १ अर्ब २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

कोरियाले विज्ञान प्रविधिको क्षेत्रमा नवीनतम खोज एवं अध्ययन गरी नेपालको सामाजिक, आर्थिक विकासको लागि अनुदानमा सहयोग गर्न लागेको हो ।

नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थ सचिव शंकरप्रसाद अधिकारीले अनुदान समझदारीपत्रमा मंगलबार हस्ताक्षर गरेका छन् ।

राजदूत पार्कले अनुदानबाट नेपालको प्राविधिक क्षमता अभिवृद्धिका साथै ग्रामीण भेगका बासिन्दाको जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अर्थ सचिव अधिकारीले कोरिया सरकारले नेपालको सामाजिक आर्थिक विकासमा निरन्तर गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै अनुदान रकम शिक्षा, कृषि, स्वास्थ्य, प्राविधिक क्षेत्रमा खर्च गरिने जानकारी गराए ।