युद्धमा मारिएका सबै सरकारी कर्मचारी शहीद



काठमाडौं, (नेस)
माओवादी युद्धका क्रममा मारिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई सरकारले शहीद घोषणा गरेको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलामिलाप आयोगको कार्यकाल सकिएकाले एक वर्ष थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो।

सूचना तथा सञ्चारमन्त्री बस्नेतले बैठकले उच्चस्तरीय शिक्षा आयोगको म्याद सकिएकाले चार महिना थप्ने निर्णय गरेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्