प्रदेश नम्वर १ र ४ को पहिलो बैठक बस्दै

0
Shares

काठमाडौं । प्रदेश १ र ४ को पहिलो प्रदेशसभा बैठक अबको केही बेरमा बस्दैछ । प्रदेश नम्वर १को अस्थायी राजधानी विराटनगर र प्रदेश नम्वर ४ को अस्थायी राजधानी पोखरामा पहिलो बैठक बस्न लागेको हो ।
बैठककालागि सबै तयारी पुरा भएपनि सर्वदलीय निर्णय अनुसार बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ । यस अघि ५ वटा प्रदेशको पहिलो बैठक सम्पन्न भइसकेको छ ।

आज बिराटनगर पोखरामा बैठक बस्ने भएपछि त्यहां चहलपहल बढेको छ भने सुरक्षा ब्यवस्थापनि मजबुत बनाइएको छ । बिहानै देखि कर्मचारीहरु बैठकको तयारीकालागि खटिएका छन । सांसदहरुपनि बैठकस्थलको निरीक्षण गर्दै फर्किरहेका छन । प्रदेश नम्वर १को पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य ओमप्रकाश सरावगीले गर्ने भएका छन । आज बस्ने बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने भएको छ । त्यस्तै प्रदेश ४ को पनि बैठकको तयारी पुरा भएको छ ।