बाल शास्त्रीय संगीत प्रतियोगिता सम्पन्न

0
Shares

किराँतेश्वर संगीत आश्रमको आयोजनामा २५औं बाल शास्त्रीय संगीत प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताका लागि सुरवादन, तालवादन र गायन विधा छनोट गरिएको थियो। सुरवादनतर्फ सामिप्य डंगोल प्रथम, स्वधा पौडेल द्वितीय, जोया महर्जन तृतीय र सौम्या श्रेष्ठले सान्त्वना स्थान ओगटेका छन्।

त्यस्तै तालवादनतर्फ शशांक सापकोटा, सुजन तामाङ र समिप डंगोलले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान ओगटेका छन्। गायनतर्फ अभिज्ञा घिमिरे प्रथम र सविन बुढाथोकी सान्त्वना स्थान हासिल गरेका छन्।आर्सेनलको शानदार जित