प्रदेश ६ का सांसदले भनेः समृद्ध प्रदेश निर्माण गर्न दलगत स्वार्थभन्दा माथी उठ्छौँ



प्रका पन्त, बीरेन्द्रनगर ।

प्रदेश ६ मा प्रदेशसभा सभामुखको निर्वाचन माघ २९ गते हुने भएको छ । प्रदेशसभाको दोस्रो बैठक माघ २९ गते बस्ने भएको छ ।
आज (आइतवार) सुर्खेतको वीरेन्द्रनगरमा बसेको पहिलो प्रदेशसभा बैठकले सभामुखको निर्वाचनको मिति तोकेको हो ।

पहिलो प्रदेश सभा बैठकलाई सम्वोधन गदै एमाले, काँग्रेस, माओवादी र राप्रपाका सांसदले प्रदेश नम्वर ६ लाई समृद्धि बनाउन दलगत स्वार्थभन्दा माथी उठने प्रतिवद्धता व्यक्त गरेका छन ।

एमालेका सासद यामलाल कँडेलले ६ नम्वर प्रदेशका जनताले समृद्धि प्रदेश निर्माणको जिम्मा दिएकोले जनताको चाहाना अनुसार अघि बढनु पर्नेमा जोड दिनुभयो ।

उहाँले भौगोलिक रुपमा बिकट भएपनि स्रोत साधानमा धनी भएकोले प्रदेशको भौगोलिक बिकटतालाई सुन्दरतामा बदल्नु पर्ने बताउनुभयो ।
नेकपा माओवादीका सासद महेन्द्रबहादुर शाहीले व्यवस्था परिवर्तन भैइसकेकोले अव आर्थिक समृद्धिमा जुटनु पर्नेमा जोड दिनुभयो ।
उहाँले पनि प्रदेशको विकास र समृद्धिको लागि दलहरुवीच एकता जरुरी रहेको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद जीवनबहादुर शाहीले प्रदेशलाई समृद्ध बनाउनको लागि दलगत स्वार्थभन्दा माथी उठने बताउनु भयो ।

समृद्ध प्रदेशको लागि पक्ष र प्रतिपक्ष नहुने उल्लेख गदै उहाँले जनताको जीवनस्तर उकास्नको मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

राप्रपाकी सासद शोसिला शाहीले प्रदेश निर्माणको गहन जिम्मेवारीलाई सवैले कुशलतापूर्वाक बहन गर्नुपर्ने बताउनु भयो ।

डिभिजना सिचाइँको हलमा भएको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य हिमबहादुर शाहीले गर्नु भएको थियो ।

यो बैठकले प्रदेश सभा कार्य संचालन अन्तरिम कार्यविधी, २०७४ पारित पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्