प्रदेश ५ को पहिलो बैठक सुरु, राजनीतिक दलका प्रतिनिधिले सम्बोधन गर्दै

0
Shares

यमलाल भुसाल, बुटबल।

प्रदेश नम्बर पाँचको पहिलो प्रदेशसभा बैठक शुरु भएको छ ।

बुटबलमा शुरु भएको बैठकलाई प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले बैठकको सञ्चालन गरिरहेका छन् ।

सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएसँगै बैठक शुरु भएको हो । साथै बैठकमा विभिन्न दलका प्रतिनिधिहरुले आफ्नो धारणा प्रस्तुत गर्ने क्रम जारी छ ।

सवैभन्दा पहिले नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेलले सम्बोधन गरेका छन् । पाँच नम्बर प्रदेशलाई सवैभन्दा खुसी र सुखी प्रदेश बनाउन सवैले काम गर्नुपर्ने जनाए । उनलाई प्रदेश नम्बर पाँचको भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ । पाँच नम्बर प्रदेशमा ८७ सांसद रहेका छन् ।