झापामा भारतीय चिट्ठाको कारोबार



भद्रपुर (नेस) । झापाको भद्रपुर बजारमा दैनिक रूपमा भारतीय चिट्ठाको कारोबार र जुवाजन्य तास खेल भइरहेको छ । मुख्यगरी भद्रपुरको बजारमा रहेको मोहपाल धर्मशाला आसपास, नगरपालिका कार्यालय आसपास कामेश्वर कम्प्लेक्स , सब्जी लाइन , सुन पसल पछाडि भारतीय चिट्ठाको खरिद बिक्री हुने गरेको पाइएको छ ।

भारतबाट दैनिक ज्याला मजदूरीमा नेपाल आउनेदेखि कवाडीका सामान खोज्न आउने, लागू औषध बिक्री गर्न आउने, पोके तस्करीमा संलग्न हुने लगायतले भारतीय चिट्ठा नेपाल भित्र्याउने र यहाँका केही उचन्ते पेशामा संलग्न व्यक्तिहरूले खरिद गरी समूह बनाएर वा एक्लै दैनिक चिट्ठा खेल्ले लतनै बसीसकेको पाइएको छ ।

भारतको बंगाल राज्यको उत्तरी क्षेत्रमा सञ्चालित चिट्ठामा लत बसेकै कारण सयौं परिवारको बिल्लीबाठ हुन थालेको छ । दैनिक बिहान भारतवाट आएको समुहले भारतीय एक सयमा ५० लाख भारतीय रुपैया चिट्ठा(लोट्री) पर्ने भन्दै भद्रपुरका सुन व्यवसायी, भाडा व्यापारी लगायत स्थानीयवासीलाई चिट्ठा खरिद गर्न प्रेरित गरेका छन् ।

रतीय चिठ्ठाको लतले हैरान भइसक,े के गर्नु खेल्न मन लाग्छ तर, कहिल्यै पर्दैन चिठ्ठा खेल्नमा नसा बसी सकेका भद्रपुरका एक भाडा पसलेले गुनासो गर्छन् । एक जना सुन व्यापारीलाइ चाहि परेको परै गर्छ आफुलाइ पर्दैन उनले भने । चिठ्ठा बिक्रीबितरण गर्ने समूहलाई नियन्त्रणको लागि प्रहरीले चासो नदिएकोले यस्ले निरन्तरता पाएको स्थानीय ब्यापारी बताउँछन् ।

अर्काै तर्फ भारतीय चिठ्ठासगै भद्रपुर बजारमा तास खेल्नेको पनि बिगविगी बढेर गएको छ । भद्रपुर बजार बिहीबार बन्द हुने भएकोले प्रायगरि सो दिन स्थानीयले तास खेलेर ठुलो हारजित हुने गरेको एक प्रत्यक्षदर्शीले बताए । खेलमा ५० हजारसम्मको हारजित हुने गरेको उनको भनाइ छ ।

तास खेल हुने गरेको सूचना पाएर प्रहरी आएपछि जुवाडे भागेको र केहिदिन पछि पुनः खेलले निरन्तरता पाएको स्थानीय बताउँछन् । यो विषयमा भद्रपुर वडा कार्यालयमा तत्काल जानकारी गराइने जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र कुमार बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्