बाग्मति नदि जथाभाबी उत्खनन

0
Shares

सञ्जय कार्की, रौतहट । निमार्ण गर्नु पर्ने पुर्बाधार एकातिर छ निकासी भने अर्कैतिर भैरहेको पाइएको छ । सरोकारवाला निकायको मौनताले रौतहटको दुई ठुला नदि बाट लाल बकैया र बाग्मति नदिमा जथाभाबी नदिजन्य पदार्थ उत्खनन भैरहदा यस्ले धारपरिबर्तन गर्न सक्ने सम्भाबना बढेर गएको पाइएको छ ।

निरन्तर दुई साता देखि जथाभाबी नदिजन्य पदार्थको उत्खनन गर्दै नीयम बिपरित निकासी भैरहदा समेत सम्बन्धित निकाय बाट चासो नलिनुले आर्थीक मिलोमतो हुनसक्ने स्थानीयको भनाई रहेको छ ।

रौतहटको बाग्मति र लालबकैया नदि बाट जिल्ला समन्वय समितिले स्काईभेटर प्रयोग गरेर माग बिपरित नदिजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको खुलेको छ । ती दुबै नदि बाट समितिले ३९ हजार ८ सय ५० घनमिटर नदिजन्य पदार्थको उत्खनन अनुमति दिएपछि उस्को बैधानिकता माथि समेत प्रश्न उठेको छ ।

निर्माण ब्यबसायीको आर्थीक मिलोमतोमा जिल्ला समन्वय समितिले उत्खनन अनुमति दिएको आरोप लाग्दै आएको छ । शहरी बिकास तथा भबन डिभिजन कार्यालय गौरको माग बमोजिम भन्दै जिल्ला समन्वय समिति रौतहटले गौर नगरपालिकाको सडक तथा अन्य पुर्बाधारका निर्माण गर्ने स्वछन्द टुकुचे आश्रय जेभी को लागि बाग्मतिको चन्द्रपुर नगरपालिका–१ को दोभान बाट दश हजार घनमिटर नदिजन्य पदार्थको उत्खनन अनुमति साह निर्माण सेबा लाई दिएको छ ।

यस्तै जिल्ला प्राबिधिक कार्यालय रौतहटको माग बमोजिम भन्दै गौर बन्जरहा लौकाहा ईनरवारी सडक निर्माण गर्ने कम्पनी रसुवा आश्रय साह लाई ८ हजार घनमिटर नदिजन्य पदार्थ उत्दनन गर्न पशुपति निर्माण सेबा लाई जिल्ला समन्वय समितिले बाग्मति नदिको रमौली नाका बाट अनुमति दिएको छ ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहापुरले कटहरीया हर्षाहा सडक निमार्णको लागि निर्माण ब्यबसायी मुन्ना कन्सट्रक्सन लाई ४९५० घनमीटर परिमाणमा बाग्मती नदीको समनपुर नाकाबाट स्काइभेटर प्रयोग गरी ढुङ्का,गिट्टी बालुवा उत्खनन गर्न मुरली निर्माण सेवा लाई अनुमति दिएको छ ।

यस्तै डिभिजन सडक कार्यालय चन्द्रनिगाहापुरले मर्यादपुर सडक निमार्णको निर्माणको लागि ब्यबसायी डिएस साह जे.भि लाई २९५० घनमीटर परिमाण र बगही बलुवा तथा बिजयपुर लक्ष्मीनिया सडक निर्माणको लागि दुर्गा निर्माण सेवा लाई ३९५० घनमिटर परिमाण बकैया खोलाको रागी गर्जा नाकाबाट स्काइभेटर प्रयोग गरी ढुङ्का,गिट्टी बालुवा उत्खनन गर्न अनुमति दिएको खुलेको छ ।

निर्माण ब्यबसायीको माग बिपरित जिल्ला समन्वय समितिले अर्कै निर्माण ब्यबसायी लाई स्काईभेटर प्रयोग गर्न दिएको खुलेको छ । ती सबै नदिको दोभान बाट समितिले ४ सय मिटर लम्बाई, २ मिटर गहिराई र २० मिटर चौडाईमा नदिजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएतापछि त्यस बिपरित नदिको धार परिबर्तन हुने गरी नदिजन्य पदार्थ उत्खनन भैरहेको छ । जिल्ला समन्वय समितिका सदस्य बच्चु साहले भने नियम बिपरितनै उत्खनन भैरहेको छ ।