राष्ट्रियसभा निर्वाचनमा कांग्रेसको विशेष निर्देशन



काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा आफ्ना प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई अनिवार्य सहभागी हुन नेपाली काँग्रेसले निर्देशन दिएको छ ।

कांग्रेसले विज्ञप्ति जारी गर्दै माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा विशेष निर्देशन दिएको हाे । माघ २२ गते नै मतदानस्थलमा पुग्न कांग्रेसले आफ्ना मतदातालाई निर्देशन दिएको छ ।

विदेशमा रहेकाहरुलाई समेत मतदानका लागि स्वदेश फर्कन निर्देशन दिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । राष्ट्रियसभाका लागि सातै प्रदेशमा मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्