प्रशासनमै भेटियो नक्कली नोट



नुवाकोट । जिल्ला प्रशासन कार्यालयमै नक्कली नोट भेटिएको छ । प्रशासनमा राहदानीबाट संकलन भएको राजश्व नेपाल बैंकमा दाखिला गर्ने क्रममा ५ सय रुपैयाँको एउटा नोट नक्कली पाइएको हो ।

राजश्व दाखिला गरिएको रकम बैंकले गणना तथा जाँच गर्ने उपकरणमार्फत परीक्षण गर्दा नक्कली नोट भएको पुष्टि गरेको प्रशासनका लेखापाल रामजी लम्सालले बताए ।

नक्कली नोटको नंं ग ९४६० ०३६८६० रहेको छ । झट्ट हेर्दा सक्कली जस्तै देखिने नक्कली नोट प्रशासन कार्यालय र बैंकका कर्मचारीले गणना गर्ने क्रममा समेत थाहा नभएको र उपकरणमार्फत गणना तथा जाँच गर्ने क्रममा पत्ता लागेको हो ।

नक्कली नोट भेटिएपछि प्रशासनले राजश्व लिँदा सजकता अपनाउन थालेको छ । कार्यालयले नोटको जाँच तथा परीक्षणको लागि उपकरण खरिद गर्न लागेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्