ओली र स्वराजको भेट ‘वान टू वान’ वार्ता



काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोल्टी होटेलमा भेटवार्ता सुरु भएको छ ।

दुई देशबीचको सम्बन्धमा सुधार र वाम गठवन्धन नेपालको पहिलो पार्टी भइसकेपछि अब बन्ने सरकारसँग सहकार्य गर्दै अगाडी बढ्न भारत तयार रहेको सन्देश बोकी स्वराज नेपाल आएकी हुन् ।

अध्यक्ष ओली र स्वराजबीच ‘वान टू वान’ वार्ता भईरहेको छ । एमालेबाट ईश्वर पोखरेल, बिष्णु पौडेल र प्रदिप ज्ञवाली वार्तामा सहभागी रहेका छन् । भारतीय राजदूत र अन्य नेताहरु सोल्टी बाहिर नै बसेर छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्