भारतीय सिमा रौतहटका नाकामा अवैध धन्दा



सञ्जय कार्की, रौतहट । भारतीय सिमा जोडिएको रौतहटका नाका बाट बिभिन्न बस्तुको अवैध निकासी खुलेयाम भैरहेको छ ।

रौतहको लक्ष्मिपुर बेलबिछवा, बंकुल, रामपुरखाप र औरैया नाकाबाट दैनिकरुपमा खुलेयाम राजश्व छलेर सामानहरु भित्रिरहेको छ ।

सिमा क्षेत्रमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी पोष्टका प्रमुख सहित जिल्लाका सुरक्षा निकायका प्रमुख सहितको मिलोमतोमा आयातित बस्तुको राजश्व छलि हुने गरेको छ । 

तस्करीले बढावा पाएपछि गौर भन्सारको लक्षित राजश्व संकलन समेत प्रभाबित भएको छ ।

अपराधको सृखला बढेको रौतहटमा राजश्व रकम समेत प्रभाबित बन्दै गएको छ । गौर भन्सार कार्यालयले आर्थिक बर्ष २०७४÷०७५ को लागी १७ करोड ४४ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएपनि यस आर्थीक बर्षको पौष मसान्त सम्ममा ५ करोड २२ लाख मात्र राजस्व संकलन गरेको छ ।

यस बाट समेत रौतहटमा भित्रिने बस्तुको भन्सार राजश्व छलि हुने गरेको छ । गत आर्थिक बर्षमा नाकाबन्दि र आन्दोलको प्रभाब हुदा समेत लक्ष्य भन्दा २३ प्रतिशत बढी राजस्व संकलन गरेको गौर भन्सार कार्यालय रौतहटले यस बर्ष भने तस्करी बढेकै कारण राजश्व संकलन प्रभाबित भएको हो ।

यसबाट गौर भन्सार कार्यालयका प्रमुख सहित सुरक्षानिकायका प्रमुखको संलग्नता रहेको पुष्टि हुने जानकार बताउछन । गत साउन देखिको पौषमसान्त सम्मको छ महिनाको अबधिमा ७ करोड ८० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको भएतापनि २ करोड ५८ लाख राजश्व रकम संकलन कम भएको छ ।

देशको बिकासनै प्रभाबित हुने गरी तस्करीको कारोबार फस्टाईरहदा भने यहाका प्रमुखहरु आर्थीकरुपले सक्षम बन्दै गएका छन । यस्को छानबिन हुनुपर्ने माग स्थानीयको रहेको छ ।

टायर गाड़ा, मोटर साइकल, साइकल, ट्रेक्टर साहितका सवारी साधनबाट ठूलो मात्रामा मरीच, मकै, कपड़ा, पारचुनाका सामग्री, इलेक्ट्रोनिक सामान, सुपारी चीनी, सुकमेल, रेडिमेड सामान, खाद्यान्न, औषधी लगायतका सामान सदरमुकाम गौरको भन्सार गेट सहित औरया, लक्ष्मिपुर बेलबिछवा, रामपुर खाप, बकंल लगायतका सिमाबर्ती नाका बाट भित्रिने गरेको छ भने रौतहट बाट पेट्रोलियम पदार्थको भारत तर्फ तस्करी हुने गरेको छ ।

रौतहटको शहर बजारमा रहेका मोटरसाइकल शोरुमको सर्भिसिङ्ग सेन्टर र मोटरसाईकल मर्मत तथा ग्यारेजका पार्टस बिक्रेताले समेत भन्सार छलीका सवारी साधनहरुको स्पेयर पार्टस बिक्रि गदै आएको छन ।

गौरको बाबा ट्रान्र्पोटस र पशुपति ट्रान्पोर्टसबाट मोटो रकम उठाउदै प्रहरी र कर्मचारीले भन्सार राजशव नतिरेका सामानहरु रौतहट भित्रयाएर बिक्री बितरण भैरहेको आरोप लागेको छ । गौर भन्सार कार्यालयका प्रमुख राजन बाबु काफले लक्षित राजश्व रकम संकलन गर्न नसकिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्