जाजरकोटमा जोडियो केन्द्रिय विद्युत लाइन

0
Shares

दिपेन्द्र शर्मा, जाजरकोट । जाजरकोटको सदरमुकाम खलंगामा केन्द्रिय प्रशारणको विद्युत लाईन जडान गरिएको छ । विगत लामो समयदेखि अध्यारोमा वस्दै आएका जाजरकोटका स्थानिय वासिन्दा घरमा विद्युत लाइन जोडिदा खुशि भएका छन । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जाजरकोटले पहिलो चरणमा भेरी नगरपालीका ४ वोहरागाउ, मुलपानी वाट विद्युत जडानको काम सुरु गरेको छ ।

सदरमुकाम खंलगामा हाल ९८ घर धुरीमा विद्युत जडान गरिएको र ३ सय पचास आवेदन प्राप्त भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द जाजरकोटका प्रमुख लोक खडकाले जानकारी दिए । वोहरा ,मुलपानीका वाकी घरधुरीमा लाइन जडान सकिए पछि गैरीखाली रानागाउ क्षेत्रमा लाइन जडान शुरु गरिने खडकाले वताए ।

पुरानो लाइन हटाउने र नयाँ लाइन जोडने काम भइरहेकोले केही कठिनाइ भएको खडकाले वताए । “पहिलाको लाइन लाई धेरै स्थानहरुमा सुधार गर्नुपर्छ ,त्यसपछि नया लाइन जोडने पर्ने भएको हुदा केही ढिला तथा कठिनाइ भएको छ ,हामी संग प्रायाप्त जनशक्ति छैन, त्यसले ट्रान्सर्फम राखेको ठाँउवाट अन्य स्थानहरुमा लाइन लिन पनि समय लाग्ने गरेको छ ” उनले भने ।

समस्या समधान गर्न स्थानिय सांटा रिसागं जलविद्युत आयोजनाका कर्मचारीको सहयोग लिने गरिएको प्रमुख खडकाले वताए । समयमा सवैले आवेदन दिदैनन,फरक फरक समयमा आवेदन दिन्छन , अनि लाइन जोडन कठिनाइ हुन्छ प्रमुख खडकाले भने । वत्तिको लाइन जोडन सजिलो हुने भएकोले सदरमुकाम भित्रका सवै ग्राहकहरुलाई समयमै आवेदन दिन पनि खडकाले आग्रह गरेका छन ।

सदरमुकाम खंलगामा केन्द्रिय विद्धुत लाइन जडान गरिएपछि ईमेल ईन्टरनेट र फ्याक्स सेवा समेत संचालनमा सहजता हुने भएको स्थानिय पत्रकार नरेश रानाले वताए । विजुली नहुदा जाजरकोटका संचारकर्मीलाई पनि समाचार सम्पेष्रणमा समस्या परेको थियो, अब समस्या हटने भयो रानाले भने ।

“वत्ती नहुदा नियमित अनलाइन अपडेट गर्न , समचार सम्प्रेषण गर्न निकै समस्या भएको थियो, समचार सम्प्रेषण गर्न तथा अनलाइन अपडेट गर्न सरकारी कार्यालयमा दैनिक धाउनु परेको थियो अव सरकारी तथा गैरसरकारी कार्यालयमा धाउनु नपर्ने भयो ”रानाले भने । केन्द्रिय विद्युत लाइनको वत्ती जडान हुदा अव एफ एम रेडियो को नियमित प्रसारण तथा पत्रपत्रिका लाई नियमित समचार प्रकाशित गर्न भएको कठिनाइ हट्ने पत्रकार रानाले वताए ।
केन्द्रिय विद्युत लाइनको वत्ती घरमा जोडेपछि भेरी नगरपालीका ४ वोहराका अर्जुन वहादुर शाहीले आफु खुशि भएका वताए ।

“एक महिना देखी मोबाईल चार्ज गर्न नपाउँदा संचार सम्पर्कबाट विच्छेद हुनु परेको थियो, कहिले काही छिमेकीको घरमा भएको सोलरमा मोवाइल चार्ज गरिदिए पछि कुरा हुन्थ्यो , अहिले आफनै घरमा केन्द्रिय विद्युत लाइनको वत्ती हुदा समस्या हटेको छ ” शाहीले भने । अहिले केन्द्रिय लाइन सदरमुकाममा जोडिदा आफुलाई खुशी लागेको शाहीको भनाई छ ।

केन्द्रिय प्रशारण लाईन नहुदा यस जिल्ला सदरमुकामा स्थानिय एक खोलाबाट उत्पादन हुने ९८ किलोवाटको विद्धुत सेवा पनि खेडेरीका कारण बन्दभएपछि सदरमुकामबासी अँध्यारोमा बस्न बाध्य भएका थिए । विद्धुत सेवा नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयलाई दैनिक कामकाज गर्न समस्या परेको थियो । भने निजी कम्प्युटर ईन्टिच्युटहरु लाई ईन्टिच्युट संचालन गर्न निकैसमस्या परेको थियो ।