सहुलियतको वालुवामा माटो भेटियो



शालिकराम चालिसे, नुवाकोट । भुकम्प प्रभाबित नागरिकहरुलाई सहुलियतको नाममा विदुर नगरपालिकाले ठगेको छ । बिदुर नगरपालीकाले बिक्रि वितरण गरेको वालुवामा माटो भेटिएको भन्दै भुकम्पपिडितहरुले आफुहरु अन्यायमा परेको बताएका छन ।


नगरपालिकाले भुकम्पपिडितलाई सहुलियत बालुवा दिन भन्दै वडा नं ४ को मुन्थलामा ढिस्को भत्काएर माटो बेचिरहेको हो । बिदुर नगरपालीकाले भुकम्प प्रभाबित नागरिकहरुको लागी प्रति सेफ्टि १० रुपैयाँको दरले ढिस्कोको बालुवा बिक्रि गरिरहेको छ । वडा कार्यालयको सिफरिसको आधारमा भुकम्प प्रभाबित लाभग्राहि रातो कार्ड भएकाहरुलाई नगरपालीकाले बालुवा सहुलियतमा दिएको भन्दै माटो समेत बिक्रि गरेको हो ।

बिदुर नगरपालीका वडा नम्बर १ का स्थानिय ज्ञानु अमात्यले वडा कार्यालयको सिफरिसको आधारमा ६ हजार रुपैयाँमा बालुवा भनेर खरिद गर्नु भएकोमा सबै माटो रहेको बताउनुभयो । भुकम्प प्रभाबित नागरिकहरुलाई सहुलियत भन्दै आफुलाई नगरपालीकाले ठगेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्