रुकुम पूर्वको सदरमुकाम नसार्न सर्वोच्चको आदेश



प्रशान्त वली, काठमाडौं । रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोकेको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने सरकारले निर्णय गरेपछि सो निर्णय विरुद्ध अधिवक्ता गणेश हमालसहित तीन जनाले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

विहीबार न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सदरमुकाम सार्ने निर्णय विरुद्ध परेको रिटमा कानूनविदहरु सूर्य ढुंगेल, उपेन्द्रकेशरी न्यौपाने, रमन श्रेष्ठ, टीकाराम भट्टराई लगायतले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्