जोन तामाङ फेला परे



काठमाडौं । गत विहीबार साँझदेखि हराइरहेका विद्यार्थी जोन तामाङ फेला परेका छन । हाइकिङका लागि फूलचोकी गएका ललितपुरस्थित थसिखेलका १७ वर्षीय विद्यार्थी जोन तामाङ ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी हुन ।

विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएकोमा फर्किने क्रममा उनी बेपत्ता भएका थिए । ललितपुरका डीएसपी विनोद सिलवालले हराइरहेका बालक फूलचोकीको जंगलमा जीवितै फेला परेको जानकारी दिएका छन । उद्धार गर्न प्रहरीको टोली त्यसतर्फ गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्