जिल्ला अदालतमा सुविधा सम्पन्न मेलमिलाप केन्द्र

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पहिलो पटक अदालतमा दर्ता भएका देवानी प्रकृतिका मुद्दाहरुको मेलमिलापबाट टुङ्गयाउन अपाङ्गमैत्री सुविधासम्पन्न मेलमिलाप केन्द्रको स्थापना गरिएको छ । जाईकाको सहयोगमा निर्माण गरिएको मेलमिलाप केन्द्रको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

सर्वाेच्च अदालतका रस्ट्रिार महेन्द्रनाथ उपाध्यायले मेलमिलाप केन्द्रको उद्घाटन पछि अदालतमा दर्ता हुने अधिकांश मुद्दाहरुको समयमै फैसला हुन नसक्दा पीडित र पीडक दुबैले न्याय पाउन नसकिरहेको समयमा मेलमिलाप गराउन सकिने देवानी मुद्दाहरुलाई अदालतमै रहेको मेलमिलाप केन्द्रबाट मिलापत्र मार्फत टुङ्गयाउने विधीले न्यायको महसुस गराउने बताए ।

अदालतमा मुद्दाहरुको चाङ्ग थपिदै जाने पीडितले समयमै फैसला नपाउने हो भने न्यायको अनुभुति हुन नसक्ने भन्दै रस्ट्रिार उपाध्यायले तत्काल फैसला गरेर पनि कार्यान्वयन हुन सकेन भने त्यसको अर्थ नहुने भएकाले कार्यान्वयन सहितको मेलमिलापको पक्षमा जोड दिनु पर्ने बताए । ‘मुद्दा फैसला भए पनि कार्यान्वयनमा जटिलता भएकाले मेलमिलापले कार्यान्वयन सहितको मिलाप गराउँछ’–उपााध्यायले भने–‘अदलातमा मुद्दा गरेरै इगोको भावना राखिरहन हुँदैन ।’

जाईकाले सर्वाेच्च अदालत मार्फत काभ्रेपलाञ्चोक जिल्ला, दाङ र धनुषामा मेलमिलाप केन्द्र निर्माणमा सहयोग पु¥याएको छ । सन् २०१३ देखि नेपालमा रहेर अदालतको क्षमता अभिबृद्धीका लागि सहयोग पु¥याउँदै आएको जाईकाले तीन वटा जिल्लालाई नमुना केन्द्रको रुपमा छानेको हो । काभ्रेपलाञ्चोक जिल्लाले यस अघि नेपाल बार एशोसिएसनको भुई तल्लाको कोठामा मेलमिलापको सत्र संचालन गर्दै आएको थियो ।

मेलमिलाप केन्द्र नहुँदा समस्या नै समस्या ब्यहोर्नु परेको श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले बताए । ‘प्रतिक्षालय, हेल्प डेक्स र मुद्दाका दुबै पक्षहरु समेत बस्ने स्थान थिएन’–अधिकारीले भने–‘जाईकाले निर्माण गरेको भवनले अदालतबाट रिफर गरिएका मुद्दाहरुको मेलमिलापमा सहजता पुग्नेछ ।’

कार्यक्रममा जिल्ला न्यायाधीश अर्जुन प्रसाद अधिकारीले अदालतको बैठक हल, कोर्टमा समेत मर्मत सम्भारमा सहयोग गरेको जाईकालाई धन्यवाद दिएका थिए । ‘जाईकाको सहयोगले जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरुलाई मेलमिलाप केन्द्र मार्फत टुङ्गयाउन मेलमिलापमैत्री भवन निर्माण भएको छ’–अधिकारीले भने ।

कार्यक्रममा न्यायाधीशहरु सुर्यनाथप्रसाद अधिकारी, दिपकुमार खरेल, बार ईकाईका अध्यक्ष कृष्ण सापकोटा, पुर्व अध्यक्षहरु नवराज बडाल, रमेशप्रसाद हुमागाई लगायतको सहभागिता रहेको छ । २ करोड २२ लाख १२ हजार ३ सय १ रुपैयाको कार्यक्रमबाट तीन वटा जिल्लामा भवन निर्माण गरिएको जाईकाका नेपाल प्रमुख गोपाल गुरुङ्गले बताए । कार्यक्रममा जाईकाको तर्फबाट जुन सकुमाको सहभागिता रहेको थियो ।