स्वराजबारे बल्ल आयो औपचारिक जानकारी



काठमाडौं, (नेस) । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणबारे बल्ल सरकारी औपचारिक धारणा सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले आज (बुधवार)मात्रै स्वराज भ्रमणबारे औपचारिक जानकारी दिएको हो ।

भारतीय विदेश मन्त्रालयले सोमबार साँझ स्वराज भ्रमणबारेको कार्यसूची सार्वजनिक गरेको थियो । स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा र अन्यदलका नेतासँग द्धिपक्षिय चासो र समसामयिक विषयका बारेमा भेटवार्ता केन्द्रित हुने परराष्ट्रले विज्ञप्ती मार्फत जनाएको छ ।

स्वराज भ्रमण नेपालको औपचारिक निम्तोका आधारमा तय नभएर भारतीय पहलमा तय भएकाले नेपालको औपचारिक धारणा सार्वजनिक हुन समय लागेको सो मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

विदेश मन्त्री स्वराज २ दिने नेपाल भ्रमणका शिलशिलामा भोली विहीवार काठमाडौं आउँदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्