‘किस’ खाएर भाग्ने लुटेरा समूह समातिए

0
Shares

काठमाडौं । एक साताअघि भक्तपुरमा किस खाएर लुट्ने समुह पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले ४ जनाको टोलीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भोज बहादुर थापामगर, रत्ना बहादुर तामाङ, अमृत तामाङ र सानुकान्छा ब्लोन छन्।
उनीहरुले गत १० गते सूर्यबिनायक निवासी राम बहादुर तामाङको डेरामा पेस्तोल र खुकुरी देखाएर १६ लाख ७ हजार ९ सय बराबरको डकैती गरेका थिए।

घटनामा संलग्न तीन जना फरार रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए।

लुटपाट गरेपछि एक अभियुुक्तले पीडित तामाङको छोरालाई गालामा किस खाएर हिडेका थिए। पक्राउ परेकाहरुबाट चोरीको गहना, मोटरसाइकल प्रहरीले बरामद गरेको छ। सो गिरोहका व्यक्तिहरुलाई सरकारले गत वर्ष गणतन्त्र दिवसको असरमा कैद मिनाहा गरेर छाडेको थियो ।

महाशाखाका अनुसार यस्तो थियो डकैतीको योजना

1, घटना गर्ने दिन साँझ ८ बजे भक्तपुर जगाते मा घटनामा सम्लग्न रहेका ८ जना भेट गरी पिडितको घर नजिक भेटभई खाजा खाई डांका गर्ने घरको निग्रानी गरेको ।

2,राती ९ बजे पिडितको घर नजिक गणेश चोक स्थित खेत किनारामा बसी घरका सबै मानिस नसुतुन्जेल सम्म निग्रानी गरेको ।

3,राती २ बजेको समयमा घरमा प्रवेश गरी सबै परिबार लाई नियन्त्रणमा लिई पेस्तोल , खुकुरी देखाई परिवारलाई नियन्त्रणमा लिई नगद , सुनका गर गहना , मोवाईल समेत डाका गरि लगेका ।

4, साथै निजहरुले घर कम्पाण्डमा पार्किङ गरेको बा ८५ प ७८५० नम्बरको मो।सा।चोरी समेत लिई गएका ।

5,घटना घटना पश्चात निज हरु मोटरसाइकल तथा पैदल बौद्द जोरपाटी आई नगद भाग लगाएका ।

6,डाका गरेका सुनका गर गहना डाका घटनामा सम्लग्न बिण्णु भन्ने अमृत तामाङले मुर्तीको काम गर्ने सानुकान्छा तामाङलाई बिक्री गर्न दिई नगद रु २,९०,००० लिएका