‘पाँच वर्षपछि कांग्रेस पहिलो पार्टी’

0
Shares

यमलाल भुसाल, बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले पार्टीलाई पुर्नजीवन दिन र पाँच वर्षपछि कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा आफूहरु लागेको बताउनु भयो ।

‘हाम्रा पुराना नेताहरुले आफ्नो युगमा अब्बल नेतृत्व दिनुभयो, अब नयाँ युग सुरु भएको छ नया युगको नेतृत्व गर्न नयाँ सोचसहितको नेतृत्व आवश्यक छ ।’

उहाँले भन्नु भयो —‘पार्टी्भित्र गम्भिर बहस र छलफल गर्नुपर्छ,एकमहिनामा पार्टीको बृहत समीक्षा बैठक बस्नेछ,महासमितिमा जानेछ अनि सुझाब सहित कांग्रेस नया ढंगले अघि बढ्छ ।’

हिमाल पहाड तराइ सबै जोड्ने कांग्रेस नै भएको उहाँको तर्क थियो । निर्बाचन गरेर कांग्रेसले मुलुकलाइ समृद्धिको दिशामा अघि बढाएको समेत उहाँले उल्लेख गर्नु भयो ।

नेपालका कम्युनिष्टहरुले माक्र्सबाद, लेलिनबाद र माओबाद लगायतका सिद्धान्त र नारा छोडेर घुमाइफिराइ बिपिले भनेको त्यहि प्रतिस्प्रर्धात्मक बहुदलिय ब्यबस्थामा आएको नेता थापाले बताउनु भयो ।

नेपाली कांग्रेस बुटवल उप–महानगर समितिले बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाँले भन्नु भयो—‘माक्र्स,लेलिनको झण्डा र नारा बोक्नेहरु बिपिको(कांग्रेस)को राजमार्गमा आएका छन,कांग्रेसले परिकल्पना गरेको राज्यब्यबस्था र आयामहरुमा मुलुक र सबै दल समेटिएका छन् यसकारण कांग्रेसले जितेको छ, तर राजनीतिक हामी जित्यौ,चुनाब हार्यौ ।’

‘हामीले चुनाव हारेपनि नेपालले जितेको छ । सेलिब्रेट गर्ने बेला हो,आत्म निन्दामात्र नगरौं गौरब गरौं ।’ ओली प्रधानमन्त्री बन्नुअघि नै भारतीय प्रधानमन्त्री मोदीले दुईदुई पटक फोन गर्नु, भारतीय विदेशमन्त्री नेपाल आउन लागेको विषयमा कांग्रेसले आफ्नो कडा प्रतिक्रिया दिन नसक्नु कमजोरी भएको नेता थापाको भनाई छ ।

थापाले भन्नु भयो —‘ओली नै प्रधानमन्त्री बन्ने के ग्यारेन्टी पो छ र एमाले र माओबादीको भागबण्डा बांकी नै छ ।’ भारतले बधाई दिइसक्यो ।

एमाले अध्यक्ष ओलीले कालो धनलाई ठाउ दिनुपर्छ भन्ने केही दिनअघिको अभिव्यक्तिभित्र खतरनाक षडयन्त्र हुन सक्ने थापाले बताउनु भयो ।

‘यो खतरनाक ट्रेलर मात्र हो, अरु थुप्रै कुराप्रति कांग्रेस जुध्दै अघि बढ्नुपर्ने हुन सक्छ’ उहाँको कथन थियो ।