दरबारमार्ग बलात्कार काण्डः डिएसपी भारती परिसर तानिए

0
Shares

कारबाही पर्नेमा भारतीसगै इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी समेत छन्। निरिक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको छ।

नेपाल समाचारपत्र, काठमाडौँ ।
बलात्कार जस्तो घोर अपराधलाई आर्थिक मिलोमतोमा मिलाएको आरोपमा महानगरीय प्रहरी बृत दरबारमार्गका डिएसपी महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएका छन्।

बृतका प्रमुख डिएसपी तिलक भारतिलाई परिसर अनुसन्धानको क्रममा परिसरमा तानिएको बताइएको छ ।

कारबाही पर्नेमा भारतीसगै इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी समेत छन्। निरिक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको छ। आर्थिक प्रलोभनमा पीडित युवतीको उजुरी नै नलिई घटना मिलाएको आरोप उनीहरु माथि लागेको छ ।

गत बिहीबार काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामूहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरवारमार्ग बृत पुगेकी थिइन्। तर, बृतले उजुरी दर्ता नै नगरी घटना प्रहरीको सहयोगमा युवतीलाई २० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिने सहमतिमा उजुरी दर्ता नगरी घटना मिलाइएको थियो।

घटनापछि महानगरीय प्रहरी परिसर काठमाडौंले एसपी रामदत्त जोशीको संयोजगत्वमा तीन सदस्य समिति बनाएर छानविन सुरु गरेको छ।