प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपि माग्दै डा. केसी पुगे सिडिओ कार्यालय



नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दर्ता गराएका छन्।

बुधबार बिहान १० बजे काठमाडौँको बबरमहलस्थित जिल्ला प्रशाशन कार्यलय पुगेर केसीले निवेदन दर्ता गराएका हुन्। डा. केसी अधिवक्ताहरु सुरेन्द्रराज भण्डारी र ओमप्रकाश अर्याल, कलाकार रवीन्द्रसिंह बानियाँ र डा. अभिषेकराज सिंह सहित निवेदन दर्ता गराउन प्रशासन कार्यालय पुगेका थिए।

प्रधानन्यायाधीश पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा उमेर सच्याएको, न्यायपरिषदले कायम गरेको नागरिकताको विवरण र पराजुलीले पेश गरेको नागरिकताको प्रतिलिपीमा जन्ममिति फरक रहेको हुदाँ सक्कली नागरिकताको प्रतिलिपी मागेको बताइएको छ ।

पछिल्लो समय डा. केसीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध अनशन सुरु गरेका थिए। जसका कारण अदालतको मानहानी मुद्दामा उनी पक्राउ परेर तीनदिनपछि रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्