गोन्जालेज नेपालमा



काठमाडौं, (नेस)
प्रवासी कामदारहरूको मानव अधिकार र यससँग जोडिएका विविध विषयको अध्ययन/अवलोकन गर्न संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्का स्वतन्त्र विशेषज्ञ फिलिप गोन्जालेज नेपाल आइपुग्नुभएको छ।

उहाँ एक साता नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। गोन्जालेजले सोमबार परराष्ट्र, गृह, कानुन, श्रम, महिला तथा बालबालिका मन्त्रालयका अधिकारीहरूसँग भेटघाट र छलफल गर्नुभएको छ।

परराष्ट्र मन्त्रालयको समन्वयमा उहाँले विभिन्न मन्त्रालयका अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको सो मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले जानकारी दिनुभयो। यही सिलसिलामा गोन्जालेज मोरङ र कैलालीको भ्रमणमा जाने कार्यतालिका तय भएको उहाँले बताउनुभयो। ती जिल्लाका सरकारी अधिकारी र अन्य सरोकारवालासँग गोन्जालेजले भेटवार्ता र छलफल गर्ने बताइएको छ। स्वतन्त्र विश्लेषकका रूपमा नेपाल आए पनि यहाँको समग्र वस्तुस्थिति समेटेर राष्ट्रसंघीय मानव अधिकार परिषद्लाई सुझावसहितको रिपोर्ट बुझाउनु हुनेछ।

प्रतिक्रिया दिनुहोस्