शेष शमिउल्लाह माथि गोलि प्रहार

0
Shares

सञ्जय कार्की, रौतहट । रौतहटको राजपुर नगरपालिका–९ निबासी ३५ बर्षिय शेष शमिउल्लाह माथि मङ्गलबार गोलि प्रहार भएको छ । एउटै पेशा ब्यबसाय गर्ने साथी बाटनै शमिउल्लाह माथि गोलि प्रहार भएको प्रहरीले जनाएको छ ।

सोही नगरपालिका–१ बलुवा भगवानपुर डेंगिघाटमा शमिउल्लाहको पेशागत साथी अब्दुल खालिदले बोलाएर गोलि प्रहार गरेको जनाइएको छ । शमिउल्लाहको कम्मरमुनि दाहिने भागमा गोलि रहेको र जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि नेशनल मेडिकल कलेज बीरगजमा भर्ना गरिएको जिल्ला प्रहरी कर्याालय रौतहटले जनाएको छ । ती दुबै जना गाई भैसीका ब्यापारी हुन ।

गोलि प्रहार गरेर फरार रहेका अब्दुल खालिदको खोजबिन भैरहेको प्रहरीले जनाएको छ । गत माघ नौ गते सोही स्थानका ८ बर्षिय वालक मफजुल देवानको धारिलो हतियार बाट हत्या भएको थियो । एक साता भित्रै दुई अपराधिक घटनाले त्यसक्षेत्रको स्थानीयबासिन्दा आतकित बनेका छन । प्रहरीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै स्थानीयले आलोचना गरेका छन ।

बालक हत्यामा निर्दोश लाई पक्राउ गरेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटमा बिरोध प्रर्दशन समेत भएको थियो ।