इन्टरनेट सुविधा नहुँदा बैंकहरु गाउ जान सकेनन्

0
Shares

विमल विष्ट, डोटी । डोटीका ग्रामिण क्षेत्रका स्थानिय तहमा इन्टरनेटको सुविधा नहुँदा गाउमा बिस्तार गरिने भनिएका बैंक कार्यालयहरु बिस्तार हुन सकेका छैनन् । गाउमा टेलीफोन तथा ईन्टर नेट सेवाको बिस्तार अहिले सम्म पनि नहुँदा बैंक लगायतका अन्य बिभिन्न कार्यालयहरु पनि गाउमा जान सकेका छैनन् ।

नेपाल टेलीकम लगायत बिभिन्न निजी क्षेत्रका कम्पनीहरुले गाउमा इन्टरनेटको सेवा बिस्तार गर्ने जनाएपनि अहिले सम्म कसैले पनि सेवा बिस्तारमा चासो नदेखाएको स्थानियको आरोप छ । ईनटर सेवा बिस्तार नगरिदा गाउमा जाने भनिएका बैंक कार्यालयहरु पनि जान नसकेको कृषि बिकास बैंक डोटीका प्रबन्धक दीघबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो ‘गाउमा नेट र टेलीफोनको सेवा बिस्तार नगरिएकाले बैंक बिस्तार गर्ने काम पनि अधुरै रहेको छ,फोन र नेटको ब्यबस्था गरिएको भए बैंक कार्यालय त जतिबेलापनि बिस्तार हुने अवस्थामा थिए ।’

डोटीका ९ वटा स्थानिय तह मध्ये जम्मा २ वटा स्थानिय तह (दिपायल सिलगढी नगरपालिका तथा जोरायल गाउपालिकाको वडा न ३ बुडर बजार) मामात्रै टेलीफोन तथा ईन्टरनेट सेवा पुगेको छ । ईन्टरनेट सेवा पुगेका यी दुई स्थानिय तहमा पनि ईन्टरनेट सेवा खासै प्रभाबकारी नहुँदा बैंकिङ कारोबार गर्न तथा स्थानिय सेवा ग्राहिलाई सेवा लिन निक समस्या हुने गरेको जोरायल गाउपालिका ३ बुडरका स्थानिय भरत कुँवरले बताउनु भयो । उहाँले भन्नु भयो ‘नेटको बत्ति देखिए पनि नेटले खासै काम गर्दैन हामीले काम गर्न कि कैलाली, कित डडेल्धुरा जानु पर्छ,याता त नाम मात्रको ईन्टरनेट सेवा छ,नेटको सेवा बिस्तार भन्दा पनि क्षमत बिस्तार गर्नु प¥यो ।’

त्यस्तै नेपाल टेलिकमको जोरायल गुनडकेदारमा रहेको टावरले घाम लागेको बेला मात्रै यहाँका जोरायल,गडसेरा,बिपिनगर,बर्छैन, मन्नाकापडी लगायतका क्षेत्रमा काम गर्ने गरेको र अन्य पानी परेको तथा बादल लागेको समयमा फोनले समेत काम नगर्ने गरेको स्थानियको आरोप छ ।