राजपा बाम गठनबन्धनसँग सरकारमा जाँदैन: महत्तो



पुष्कर बुढाथोकी, भक्तपुर । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महत्तोले राजपा बाम गठनबन्धनसँग सरकारमा नजाने बताउनुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महत्तोले एमालेले संविधान संशोधनका बिषयमा सकारात्मक धारणा सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पु¥याएको बताउनुभयो ।

एमाले हिजो पनि संविधान संशोधनका विपक्षमा रहेको थियो आज पनि छ भन्दै उहाँले राजपा एमालेका विरुद्ध फेरी आन्दोलनमा चेतावनी समेत दिनुभयो ।उहाँले भन्नुभयो ‘यदि संविधान संशोधन नभएर हामी जुनसुकै खालको कदम चाल्न बाध्य हुनेछौ ।’ अध्यक्ष महत्तोले दुई नंम्बर प्रदेशमा जनताले राजपा र फोरम लोकतान्त्रीक पार्टीलाई सरकार बनाउने म्याण्डेट दिएकोले यहाँ दुई पार्टीको सहमतिमा सरकार निर्माण हुने बताउनुभयो ।

नेपाल भारतबीच अहिले सीमा विवाद नभएको बताउदै नेपाली सञ्चार माध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने बताउनुभयो । यदि सीमा सम्बन्धी विवाद भए दुई देशका सरकारबीच कुटनीतिक सहमति र छलफलका माध्यमबाट मिलाउन सकिनेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले नेपालका नेताहरुले खोक्रो राष्ट्रवादका हिसाबले भारतलाई गाली मात्रै गर्ने होईन दुई देश बीचको आपसी सम्बन्धलाई पनि सुर्धार गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेता महत्तोले भारतीय दुतावासमा अन्य राजनीतिक दलका नेताहरु पटक पटक पुग्दा कुनै बिषय नउठेपनि हामी पुग्दा भारतवादी आरोप लगाउने काम गलत भएको टिप्पणी गर्नुभयो ।

अहिलेसम्म सरकारमा पुगेका ठूला भन्ने दलहरुले देश र जनताका बिषयमा केही गर्न नसकेको उहाँले आरोप लगाउनुभयो । नेपालमा छिमेकी देशसँगको सम्बन्धका बारे दल र व्यक्ति पिच्छे नीति होईन राष्ट्रिय नीति निर्माण हुनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्