पुर्व राजा उडिसा जाँदै



नेपाल समाचारपत्र, काठमाडौं ।

पुर्व राजा ज्ञानेन्द्र शाह यही माघ २२ गते भारतको उडिसा जाने हुनुभएको छ । उडिसा राज्यको गोवद्र्धनम पुरी पीठ का १ सय ४५ औ जगद्गुरु शंकराचार्यको पट्टा भिषेक समारोहमा सहभागि हुन उँहा भारत जान लाग्नुभएको हो ।

यस अघि उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको निमन्त्रणा लखनउ जानुभएको थियो । करिब एक महिना अवधीको यो दोस्रो भारत भ्रमण हो । उहाँ करिब एक साता उडिसा राज्यमा बस्ने कार्यक्रम रहेको छ । उडिसा भ्रमणको बारेमा आज प्रेस विज्ञप्ति जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्