स्वर्गद्धारी प्युठान महोत्सवमा १३ लाखको चलखेल



सलिम अन्सारी, प्यूठान । तेस्रो स्वर्गद्धारी प्यूठान महोत्सव ठेक्कामा दिन लागेपछि स्थानियले विरोध गर्न शुरु गरेका छन । महोत्सवको संम्पूर्ण व्यवस्थापनको जिम्मा ठेकेदारलाई दिई संघलाई १३ लाख रुपैयाँ दिने भित्र भित्रै सहमति भएको स्रोतले बताएको छ ।

आशिष लाईट एण्ड टेड्रर्स रुपन्देहीका प्रोपाईटर आशिष गिर सिंह र तेस्रो स्वर्गद्धारी प्यूठान महोत्सवका सह–संयोजक चन्द्रलाल न्यौपानेले हस्ताक्षर गरेको सम्झौता पत्र नेपाल समाचारपत्रलाई प्राप्त भएको छ । पत्रमा साक्षीको रुपमा प्यूठान उद्योग वाणिय संघका कार्यकारी निर्देशक झविन्द्र शर्मा रहेको देखीएको छ ।

सम्झौता पत्रमा आयोजक पक्षले प्रशासनिक निकायबाट स्विकृत लिने, प्रचारप्रसार गर्ने, शान्ती शुरक्षाको प्रत्याभुति दिलाउने लगाएतका बुँदाहरु छन् भने ठेकेदार पक्षले महोत्सवमा संम्पूर्ण क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा लिएको छ । दुवै पक्षले ठेक्काका विषयमा सम्झौता पत्र गोप्य राख्ने भनी उल्लेख गरेका छन् । यता उद्यागे बाणिज्य संघमै यो विषमा कुरा नमिलेको देखीएको छ ।

व्यवसायीलाई महोत्सवको ठेक्का दिन लागिएकोवारे प्यूठान उद्योग वाणिज्य संघका महासचिव विष्णु लवटले जानकार नभएको प्रतिकृया दिएकी छन । ‘म विभिन्न उप–समिति बनाउनमा नै व्यस्त छु कहाँ कसरी ठेक्का दिन–लिन लागिएको छ थाहा छैन् ।’ लवटले भनिन्, ‘मलाइ यसबारे केही थाहा छैन ।’

महोत्सवको संम्पूर्ण पक्ष नै ठेक्का दिने कुरा प्रति आफ्नो विरोध हुने लवटले स्पष्ट पारेकी छिन । जिल्लाको कृषि, पर्यटन र उर्जालाई प्रमुख प्राथमिकताका साथ उठाउन लागिएको भनी प्रचारवाजी गरीएको महोत्सव कस्तो हुने ? यसरी गर्न लागिएको महोत्सवमा जिल्लावासीको अपनत्व नहुने र प्यूठानी पैसा भरी वाहिर जाने गरि भएको सम्झौता प्रति महोत्सव आयोजक समिति भित्र पनि विवाद छताछुल्ल हुन थालेको स्रोतले बताएको छ ।

जिल्लाका विभिन्न सम्भावनाहरुलाई समेटर विगतमा गरिदै आएका महोत्सवहरुले वित्तिय रुपमा लाभ गर्न नसकेपनि सकारात्मक सन्देश दिन सफल भएका थिए । प्यूठान उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी संघ प्यूठानको संयुक्त पहलमा यही माघ २९ गते देखि फागुनको १० सम्म तेस्रो स्वर्गद्धारी प्यूठान महोत्सव हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्