ओली–प्रचण्डबीच गोप्य वार्ताः ६ वटा प्रदेशको मुख्यमन्त्रीको टुंगो

0
Shares

मधुसुदन रायमाझी, काठमाडौं ।

पार्टी एकताको प्रक्रियामा पद बाँडफाँडमा सहमति जुटन नसकिरहेको बेला एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गोप्य भेटवार्ता भएको छ । पाँच घटनासम्म ललितपुरको मानभवनमा चलेको भेटमा राष्ट्रियसभामा बामपन्थी उम्मेदवारलाई जिताउने र नयाँ सरकार गठन र पार्टी एकताको बारेमा छलफल भएको थियो ।

दुई अध्यक्षबीच पार्टी एकता प्रक्रियामा मोटामोटी सहमति भएको र वाँकी विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुर्याउन पथ गृहकार्य गरेर अन्तिम निर्णयमा पुग्ने समहति भएको भेटको भनाई उदृत गर्दै माओवादी केन्द्रका एक नेताले बताए ।

शुक्रबार साँझ ओली निवास बालकोटमा भएको गोप्य वार्तामा ६ वटा प्रदेशको मुख्यमन्त्रीमा ओली र प्रचण्डबीच सहमति भएको स्रोतको दावी छ । ओली र प्रचण्डबीच प्रदेश सभामुख र अन्य महत्वपूृर्ण पदहरुमा पनि दुई नेताहरुबीच समझदारी भइसकेको बताइएको छ ।

६ वटा प्रदेशको मुख्यमन्त्रीको टुंगो

ओली र प्रचण्डबीच भएको गोप्य छलफलले प्रदेशको मुख्यमन्त्रीको पनि टुंगो लगाएको छ । प्रदेश नम्बर ३ मा एमालेकी अष्टलक्ष्मी शाक्य, प्रदेश नम्बर ४ मा पृथ्वीसुब्बा गुरुङ, प्रदेश नम्बर ५ मा शंकर पोखरेल, प्रदेश नम्बर ६ मा माओवादीका महेन्द्रबहादुर शाही र प्रदेश नम्बर ७ मा पनि माओवादकीकै वीरमान चौधरी मुख्यमन्त्री बनाउने सहमति गरेको स्रोतले बतायो ।

बामगठबन्धनको बहुमत रहेको प्रदेश नम्बर १ मा भने एमालेका भीम आचार्य र शेरधन राईबीच विवाद भएको कारण टुंगो लाग्न नसकेको बताइएको छ ।