नारायणगढ–मुग्लिन सडकः आजबाट दिनमा ६ घन्टा बन्द

0
Shares

नेपाल समाचारपत्र, चीतवन
नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि शनिबार अपराह्न सवारी–साधन रोकेर काम गरिने भएको छ ।

रातिभन्दा दिउँसोमा काम छिटो हुनसक्ने बताउँदै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् ।
बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एक महिना सवारी साधन रोकेर काम गरिने प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

यसअघि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म गाडी रोकेर काम गरिँदै आएको थियो ।