याद अल्झाएर बिदा भए रमेश

0
Shares

रश्मी थापा, काठमाडौं
यादै यादमा अल्भ्mयो मेरो जिन्दगानीजस्ता लोकप्रिय गीतका गायक तथा संगीतकार रमेश ताम्राकारको बिहीबार राति हृदयघाटबाट निधन भएको छ।
बिहीबार अचानक छातीमा पीडा भएपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो। अस्पताल पुर्याउनुअघि नै उहाँको निधन भएको जानकारी चिकित्सकहरूले उहाँको परिवारलाई गराएका थिए। मधुमेहबाट पीडित ताम्राकार साँस्कृतिक संस्थानको दोस्रो महाप्रबन्धकका रूपमा समेत काम गर्नुभएको थियो। उहाँपछि मात्रै स्वरसम्राट नारायण गोपाल साँस्कृतिक संस्थानको महापबन्धक हुनुभएको थियो।
उहाँद्वारा संगीतबद्ध यादैयादमा अल्झ्यो मेरो जिन्दगानी हालसम्म पनि लोकप्रिय रहेको छ। उहाँले गायिका तारा थापासँग हीरा के हो त्यो चिन्नलाई पारखीलाई सोध पनि उत्कृष्ट गीत मानिन्छ। त्यसबोहक उहाँले ज्ञानु राणा, लोचन भट्टराईजस्ता गायिकाहरूसँग गाएका नेपाली र नेपाल भाषाका गीतहरू पनि याद्गार छन्। उहाँले ईशारा जोडिदियौ तिमीले, बाच्न जन्मेको नेपाली म ,आज मैले एउटा सपना देखे, गुन्द्रुक पकाउन पर्दैन, धेरैसँग माया, औला औलामा, चाग निगा स्वङु्गा, होली ए मेला, वइला कन्हे वइला, वनेत्येल जिला थौं कलाया थ छें, बाँच्न जन्मेको नेपाली म, सुन्दर बिहानी आउँछ, होलिया मेला, आज र मैले, जिन्दगीको पाना, मैले आँखाको भाका बुझिन, जय नमो सीरी बुद्ध भगवान, सललल् त्रिशुलीमा जालै हानुकी, हाय रे ज्यापुनी, राजमती कुमतीजस्ता दर्जनौं लोकप्रिय नेपाली र नेवारी गीत गाउनुभएको थियो भने नेपाली र नेवारी गीतहरूमा संगीतसमेत दिनुभएको थियो। गायक ताम्राकार यसैवर्ष नातिकाजी राष्ट्रिय संगीतबाट समेत सम्मानित हुँदै हुनुहुन्थ्यो। राष्ट्रपति विद्यादेवी भण्डारीको समय अभावका कारण दुर्भग्य जिउँदै रहँदा उहाँ सम्मानित हुने अवसरबाट वञ्चित हुनुपरेको छ।
काष्ठमण्डपमा जन्मनुभएका ताम्राकारकी धर्मपत्नी काम विशेषले हाल नयाँदिल्ली तथा सगुन ताम्राकारसहित २ छोराहरू अमेरिकामा रहेकाले उहाँहरू काठमाडौं आइपुगेपछि मात्र दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी गराएको छ। करिव ६५ वर्षीय ताम्राकारको शवलाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ। छोरा सगुन भने आज शनिबार काठमाडौं आइपुग्ने भएकाले सम्भवतः उहाँको दाहसंस्कार शनिबार नै हुनेछ।
लामो समयसम्म अर्थ मन्त्रालयमा समेत सेवा गर्नुभएका गायक तथा संगीतकार ताम्राकार कलाकारलाई माया गर्ने र सहयोग गर्ने स्वभावको भएको गायिका लोचन भट्टराईले बताउनुभएको छ।