हाइकिङ गएका छात्र बेपत्ता



काठमाडौं, (नेस)
फुलचोकी हाइकिङ गर्न गएको एक विद्यालयका छात्र बेपत्ता भएका छन्। शुक्रबार बिहान कुसुन्तीस्थित अजय शिक्षा सदनका कक्षा ६ मा अध्ययनरत जोन तामाङ बेपत्ता भएका छन्। बिहीबार बिहान हाइकिङ गरी फर्कने क्रममा दिउँसो करिब साढे ३ बजे उनी बेपत्ता भएका थिए।

गोदावरी आउनु करिब ३ किलोमिटर बाँकी रहँदा विद्यार्थी सम्पर्कविहीन भएका थिए। उनी सम्पर्कविहीन भएपछि प्याब्सन ललितपुरका पदाधिकारी, नेपाल प्रहरी सशस्त्र प्रहरी बलको टोलीले २४ घण्टादेखि खोजी जारी राखेका छन्। काभ्रेको सिमानासम्म खोजी गर्दासमेत विद्यार्थी फेला पार्न नसकिएको प्याब्सन ललितपुरका अध्यक्ष शिव कार्कीले बताउनुभयो। अस्ति बिहीबारदेखि हिजो शुक्रबार राति करिब ७ बजेसम्म खोजी गर्दासमेत विद्यार्थी फेला पार्न नसकेको उहाँले जानकारी दिनुभयो। प्रिन्सिपल दुर्गा ओली आफैले सो विद्यालयका ११ जना विद्यार्थी हिउँ खेल्न भन्दै फुलचोकी लग्नुभएको थियो। हराएका विद्यार्थी खोज्न शुक्रबार राति अबेरसम्म सातदोबाटो र बाडेगाउँका प्रहरी निरीक्षकसहितको टोली परिचालन गरिएको थियो।

उनको खोजीमा रहेको भारतीय प्रहरीले नेपालस्थित आफ्नो दूतावासलाई प्रयोग गरेर थुलुङको बारेमा जानकारी दिएपछि नेपाल प्रहरीको विशष ब्युरोले पक्राउ गरेर गुपचुपरूपमा भारतीय प्रहरीको जिम्मा लगाएको आशंका गरिएको छ। यस विषयमा नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेसँग सम्पर्क राख्दा उहाँले थुलुङ पक्राउ परेको वा अपरहणमा परेको बारे नेपाल प्रहरीलाई कुनै जानकारी नै नभएको जानकारी दिनुभयो।

थुलुङ परिवारले उनी अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी दिएको भए पनि प्रहरीले अहिलेसम्म थुलुङको बारेमा के भएको भन्ने जानकारी परिवारलाई समेत दिएको छैन।

प्रतिक्रिया दिनुहोस्