गोर्खाल्यान्ड नेता काठमाडौंबाट बेपत्ता



काठमाडौं, (नेस)
भारतीय प्रहरीको खोजीको सूचीमा रहेका गोर्खाल्यान्ड आन्दोलनका एक सदस्य सञ्जय थुलुङ रहस्यमय ढंगबाट पक्राउ परेका छन्। भारतीय सरकारले खोजी तीव्र बनाएपछि नेपालमा लुकिछिपी बस्दै आएका थुलुङलाई नेपाल प्रहरीको विशेष ब्युरोले पक्राउ गरी भारतीय प्रहरीलाई जिम्मा लगाएको प्रहरीको एक उच्च स्रोतले जानकारी दिएको छ। धापासीस्थित ससुरालीमा बस्दै आएका थुलुङलाई छक्याएर पक्राउ गरी भारतीय प्रहरीको जिम्मा लगाएको भए पनि नेपाल प्रहरीले भने उक्त घटनाको बारेमा कुनै जानकारी नभएको भन्दै पन्छदै आएको छ।

गोरखाल्यान्ड आन्दोलनको क्रममा हतियार नै ओसार पसार गर्ने कार्यमा संलग्न रहेका थुलुङलाई भारतीय प्रहरीले मस्टवान्टेडको सूचीमा राखेपछि थुलुङ परिवारसहित काठमाडौं आएर लुकिछिपी बस्दै आएका थिए।

विद्यार्थी बेपत्ता भएपछि प्रिन्सिपल ओलीलाई सातदोबाटो प्रहरी वृत्तले नियन्त्रणमा लिइ हिरासतमा राखेको छ। हराएका विद्यार्थी खोज्न प्रहरीले आज शनिबार कुकुरको सहयोग लिने भएको छ।

प्रतिक्रिया दिनुहोस्