सातै प्रदेशमा मनोनयन दर्ता सुरु



नेपाल समाचारपत्र, काठमाडौँ ।

माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज सातवटै प्रदेशमा उम्मेदवारी दर्ता सुरु भएको छ। बिहान १० बजेदेखि दिउसो ४ बेजसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनका लागि गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य गरी जम्मा २०५६ जना मतदाता रहेका छन्। प्रत्येक प्रदेशबाट ८ सदस्य (महिला ३, दलित १, अपांगता अल्पसंख्यक १, अन्य ३) गरी जम्मा ५६ जना राष्ट्रिय सभामा निर्वाचित हुनेछन्।

राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइसकेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलमा खोलिएका निर्वाचन अधिकृतको कार्यालयमा गएर दलहरुले आफ्नो मनोनय दर्ता गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्